Published On:Wednesday, May 13, 2015
Posted by Unknown
नुवाकोटमा एमबीबीएस चिकित्सक र धादिङमा मनोपरामर्श टोली पठाइने
३० वैशाख, काठमाडौं । सरकारले भूकम्प प्रभावित नुवाकोटका प्रत्येक गाविसमा एमबीबीएस चिकित्सकहरु पठाउने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटका भूकम्प प्रभाावित क्षेत्रहरूमा स्वयंमसेवकको रुपमा एमबीबीएस चिकित्सकहरु पठाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालय, विपद व्यवस्थापनका लागि केन्द्रीय समन्वय समितिका सचिव एवं प्रवक्ता डा। गुणराज लोहनीले जारी गरेको विज्ञप्ति अनुसार धादिङमा मनोसामाजिक परामर्शका लागि टिम परिचालन गरिएको छ ।
साथै भूकम्पबाट प्रभावित विरामी तथा घाइतेहरुका उपचार तथा सूचनाका लागि टोल फ्रि नम्बर १६६००१३३४४४ नम्बर संचलनमा ल्याइएको छ ।


