Published On:Wednesday, May 13, 2015
Posted by Unknown

आज मध्याह्नसम्म पराकम्पका सात झड्का

काठमाडौँ,  वैशाख ३० – आज बिहानदेखि मध्याह्न १ बजेसम्मको अवधिमा ४ रिक्टर स्केलभन्दा माथिका पराकम्पका सात झड्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ती झड्काको पुष्टि गर्दै अधिकांश पराकम्प दोलखा केन्द्रविन्दु भई महसुस गरिएको जनाएको छ ।
बिहान ८ः०८ मा ४.४, ८ः२८ मा ४.४, १०ः३३ मा ४.६, १२ः२२ मा ४.८, १२ः३४ मा ४.६, १२ः३८ मा ५.१ रिक्टर स्केलका भूकम्प दोलखा केन्द्रविन्दु भई गएका हुन् ।
मङ्गलबार मध्याह्न पनि दोलखा र सिन्धुपाल्चोकको सिमानामा ६.८ रिक्टर स्केलको पराकम्प गएको थियो ।
यस्तै, आजै १२ः११ बजे भने सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.७ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रको लाजिम्पाटस्थित कार्यालयमा इन्टरनेट समस्याका कारण वेबसाइटमा नियमित समावेश गर्न नसकिएको बुझिएको छ । रासस

0 comments for "आज मध्याह्नसम्म पराकम्पका सात झड्का"

Leave a reply

    Popular Posts

    Blog Archive