Published On:Monday, February 2, 2015
Posted by Unknown
नेपालमा नचलेका नायक जिवन लुइँटेल अमेरीकामा भने मालामाल
नेपालमा मात्रै होइन, नायक जिवन लुइँटेलको अमेरिकामा पनि चलचित्रजुध्ने भएको छ । अहिले प्रदर्शन भैंरहेका ‘‘ठूली’ र ‘स्टुपिड मन’ सँगै जिवनको अर्को चलचिध ‘भूल भूलैया’ को पनि अमेरिकामा शो हुने भएको छ । मार्च महिनाको ७ तारिखमा अमेरिकाको टेक्सास शहरमा ‘भूल भूलैया’ को शो हुने निर्देशक योगेश घिमिरेले बताए । निर्देशक घिमिरेका अनुसार टेक्सास शहरमा निर्माता सुशिल कार्की र सहकर्मी लक्क्षू शर्माले ‘भूल भूलैया’ को शो आयोजना गर्दैछन् । जीवन उक्त शोको मुख्य आकर्षक हुने निर्देशक घिमिरेले बताए । चैत १३ गते नेपालमा प्रदर्शन हुने फिल्म ‘भूल भूलैया’ मा जिवन लुर्इँटेल, निता ढुङ्गाना र शोहित मानन्धरको मुख्य भूमिका रहेको छ । चलचित्र प्रेम कथामा आधारित छ । अमेरिकामा ‘भूल भूलैया’ को शो सकेर जिवन मार्चको दोश्रो सातामा नेपाल फर्कनेछन् । गएको तीजमा जिवन अभिनित ‘शीशा’ र ठूली’ फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । जिवनका दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा निर्मातालाई व्यापारिक नाफा भने भएन ।@nepalpati



