Published On:Tuesday, February 3, 2015
Posted by Unknown

प्रचण्ड नेतृत्वको राजनीतिक समिति सक्रिय बनाउन सभामुखको आग्रह

२१ माघ, काठमाण्डौ, संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राजनीतिक संवादहिनता तोड्न राजनीतिक समितिको बैठक बोलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । दाहाल नेतृत्वको समितिमा प्रमुख दलका शीर्ष नेताहरु सदस्य छन् । 

संविधानसभाको दोस्रो निर्वाचनपछि उक्त समिति गठन गराउन एमाओवादीले लामो समय संसद अवरुद्ध गरेको थियो । उक्त समितिको क्षेत्राधिकार भित्र राजनीतिक दलहरुबीचको सम्बन्ध सुदृढ गर्ने विषय रहेकाले गतिरोध अन्त्यका लागि दाहालले अग्रसरता लिनुपर्ने नेम्वाङको भनाइ छ ।

प्रस्ताव समितिमार्फत अघि बढेको प्रक्रिया र बिहीबारका लागि डाकिएको संविधानसभा बैठकबारे जानकारी लिन आफ्नो कार्यकक्षमा आएका एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलमार्फत् नेम्वाङले दाहाललाई उक्त सन्देश पठाएका हुन् ।
प्रतिपक्षी मोर्चाको अवरोधका बीच संविधानसभाको बहुमतबाट प्रस्ताव समिति पारित भएको घोषणा गर्ने नेम्वाङको कदमपछि एमाओवादी शीर्ष नेताहरू सभाध्यक्षको कार्यकक्षमा गएका छैनन् । संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्षसमेत रहेका एमाओवादी नेता बाबुराम भट्टराई मंगलबार आफ्नो कार्यकक्षमा पुगे पनि छेउमै रहेको समाध्यक्षको च्याम्बरमा गएनन् । कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments for "प्रचण्ड नेतृत्वको राजनीतिक समिति सक्रिय बनाउन सभामुखको आग्रह"

Leave a reply

    Popular Posts

    Blog Archive