Published On:Wednesday, February 11, 2015
Posted by dadad

प्रधानमन्त्रीको आग्रह नमाने ठूलो मुल्य चुकाउनुपर्छः सिंह

२८ माघ, कालिकोट । उप–प्रधान एवम् संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकासमान सिंहले संविधानसभामा फर्किएर संविधान निर्माणमा सामेल हुन एकीकृत माओदीसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले गरेको वार्ताको आह्वनलाई कमजोर नठान्न चेतावनी दिँदै उनले आग्रलाई मानेर वार्तामा नआएमा एकीकृत माओवादी लगायत दलहरुले ठूलो मुल्य चुकाउनुपर्ने बताए ।

कालिकोटमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा संविधानसभाभित्र भएको अप्रजातान्त्रिक र अमानविय व्यवहारले संविधान बन्न नसकेको जिकिर गरे ।
परिवर्तनलाई संस्थागत गर्नका लागि पनि संविधानसभामा फर्किएर संविधान निर्माण प्रक्रियामा सहभागी हुनुपर्ने उनले बताए ।

0 comments for "प्रधानमन्त्रीको आग्रह नमाने ठूलो मुल्य चुकाउनुपर्छः सिंह"

Leave a reply

    Popular Posts

    Blog Archive