Published On:Tuesday, February 3, 2015
Posted by dadad
भारतबाट पाँच अर्ब रुपैयाँको चामल आयात
२१ मघ, लुम्बिनी । पछिल्लो छ महिनामा स्थल नाका बेलहिया (भैरहवा) हुँदै करिब पाँच अर्ब रुपैयाँ बराबरको चामल भारतबाट नेपाल भित्रिएको छ ।भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब ७१ करोड ४३ लाख एक हजार बराबरको नौ करोड ७० लाख ९८ हजार ६९ केजी चामल आयात गरिएको हो ।
आयातको परिमाण गत वर्षको सोही अवधिको तुलनामा ७०.४४ प्रतिशतले बढी हो भने रकममा ६२.६४ प्रतिशतले बढी हो ।
“गत वर्षको यही अवधिमा रु दुई अर्ब ९४ करोड ८५ लाख एक हजार बराबरको छ करोड ८३ लाख ९६ हजार ५८० केजी चामल आयात भएको थियो ।
गत वर्षको सोही अवधिको तुलनामा यो अधिक हो”–भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत दीपक अधिकारीले भने ।
आर्थिक वर्ष २०७०÷७१ मा सो नाका हुँदै सात अर्ब ६० करोड २९ लाख ५६ हजार रुपैयाँ बराबरको १८ करोड ४८ लाख ११ हजार ६८५ केजी चामल आयात भएको थियो । रासस



