Published On:Friday, November 7, 2014
Posted by dadad

सार्क प्रक्रिया ढाकादेखि काठमाडौँसम्म (तालिका सहित)

(वासुदेव पौडेल)
गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर तीन दशकअघि बङ्गालदेशबाट सुरु भएको सार्कको यात्रा अनेकौँ आरोह–अवरोह पार गर्दै काठामाडौँको १८ औँ शिखर सम्मेलनसम्म आइपुग्दा यसले फेरि एकचोटि विश्वकै ध्यान खिचेको छ । 

सुरक्षा र विकासका लागि क्षेत्रीय सङ्गठनको आवश्यकता महसुस गरी संयुक्त राष्ट्र सङ्घको बडापत्रले समेत यस्ता सङ्गठनको व्यवस्था गरेको पृष्ठभूमिलाई पछ्याउँदै दक्षिण एसियाका सात राष्ट्रका सर्वोच्च नेताहरुको विशेष सक्रियतामा सार्कको स्थापना भएको हो । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा पहिलो शिखर सम्मेलन भएको थियो । यो सम्मेलनले क्षेत्रीय विकासमा साझेदार हुन, आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक, प्राविधिक आदि क्षेत्रमा आपसी सहयोग गर्न प्रतिबद्धता जनाएको थियो ।
   
यही जगमा सदस्य देशहरु आपसी विवादबाट माथि उठ्न द्विपक्षीय मामिला तथा विवादास्पद र राजनीतिक मामिला नउठाउने  सुत्र सार्क बडापत्रमै स्पष्ट उल्लेख गरी अघि बढिरहेका छन् । यही क्रममा सुखदुःखका उकाली ओरालीको यात्रा गर्दै सार्क अठारौँ सम्मेलनको कोसेढुङ्गा स्थापना गर्न अहिले काठमाडौँ आइपुगेको छ ।
   
सन् १९८० मे २ बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानले क्षेत्रीय सङ्गठनको अवधारणा अगाडि सारी यस क्षेत्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुको शिखर बैठकको आह्वान गरी पत्राचार गरे पछि तत्कालीन सातै देशले त्यसको सहर्ष स्वागत गरेसँगै सार्क स्थापनाको औपचारिक पहल सुरु भएको हो ।
   
सार्क स्थापनाको पहिलो औपचारिक प्रयास स्वरुप सन् १९८१ अप्रिलमा दक्षिण एसियाका सात देशका परराष्ट्र सचिवहरुको कोलम्बो (श्रीलङ्का) मा प्रथम बैठक बस्यो । बैठकले सातै देशले आपसमा सहयोग आदानप्रदान गर्ने गरी कृषि, जलवायु, स्वास्थ्य तथा जनसङ्ख्या, दूरसञ्चार र ग्रामीण विकासका क्षेत्र निर्धारण ग¥यो । सहयोग र सम्बन्धको दरिलो आधार खोज्दै सन् १९८१  नोभेम्बरमा यातायात, हुलाक सेवा र विज्ञान प्रविधि तथा सन् १९८२ अगष्टको बैठकले खेलकुद, कला र संस्कृतिको क्षेत्र पनि यसमा समेटियो ।
   
सहयोग क्षेत्रमा एकीकृत कार्ययोजना लागू गर्ने १९८३ मार्चको निर्णयसँगै सहयोगका क्षेत्रहरुको औपचारिक स्थापना  भयो । सन् १९८३ को अगष्टमा भारतको नयाँ दिल्लीमा भएको विदेश मन्त्रीको बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोगको उद्देश्य र सिद्धान्तमा नयाँ आयाम थप्दै घोषणापत्र तयार ग¥यो भने सङ्गठनको संस्थागत विकासका लागि स्थायी, प्रविधिक र कार्य समितिको गठन भयो ।

सन् १९८५ मे १३ र १४ मा भुटानको राजधानी थिम्पुमा भएको विदेशमन्त्रीको तेस्रो बैठकले सन् १९८५ डिसेम्बर ७ र ८ मा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो शिखर सम्मेलन सदस्य राष्ट्रहरुका नामको वर्णानुक्रमअनुसार बङ्गलादेशको राजधानी ढाकामा गर्ने निर्णय गर्नुका साथै सार्क बडापत्रको मस्यौदा तयार ग¥यो ।
   
सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको राजधानी ढाकामा भएको ऐतिहासिक शिखर सम्मेलनले सङ्गठनको नाम दक्षिण एसियाली क्षेत्रीय सहयोगबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा परिणत ग¥यो । डिसेम्बर ८ मा बडापत्रमा हस्ताक्षर भयो । सन् १९८५ डिसेम्बर ८ मा विश्व रङ्गमञ्चमा नयाँ क्षेत्रीय शक्तिका रुपमा सार्कको औपचारिक जन्म भयो ।
   
सार्कको स्थापनालाई स्वागत गरी तत्काली राष्ट्र÷सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्रवीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भुटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमून अब्दुल गयूम, पाकिस्तानका राष्ट्रपति जियाउल हक, श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवद्र्धनेले यो सङ्गठनलाई अघि बढाउन निर्णायक भूमिका खेल्नुभयो ।
   
सार्क बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरुको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रुपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई सम्बद्र्धन र विस्तार गर्ने उद्देश्य राखेको छ । पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरुको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकसशील देशहरुको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्राष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई वडापत्रले प्राथमिकता दिएको छ ।
   
गरिबी, पछौटेपन र बेरोजगारीलगायतका यस क्षेत्रका साझा समस्यालाई सम्बोधन गर्न साझा पहल हुनुपर्ने सार्कका पूर्व महासचिव यादवकान्त सिलवालको धारणा छ । “यहाँको गरिबी निवारणका लागि सदस्य राष्ट्रहरुको समान धारणा, सहयोग र स्रोतसाधनको परिचालन हुनुपर्छ,” सिलवाल भन्नुहुन्छ ।
   
बडापत्रले सङ्गठनको ढाँचाभित्र एक अर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता तथा एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरालाई आफ्नो मूल सिद्धान्तका रुपमा स्वीकार गरेको छ । सत्रौँ सम्मेलनको यात्रा पूरा गरिसक्दा सार्क देशहरुबीच आपसी सद्भाव, मित्रता अभिवृद्धिका साथै आपसमा रहेका समस्यालाई पहिचान गरी समाधान गर्न यस प्रकारका सम्मेलनमा हुने भेटघाटबाट महत्वपूर्ण योगदान पुग्ने गरेको छ ।
अहिलेसम्मका सार्क शिखर सम्मेलनहरुः



सार्कका महासचिवमा बङ्गलादेशका अब्बुल अहसन, भारतका कान्तकिशोर भार्गव, इब्राहिम हुसेन जाकी, नेपालका यादवकान्त सिलवाल, नइम यू हसन, श्री लङ्काका निहाल रोद्रिगो, क्युएएमए रहिम, भुटानका छेन्क्याव दोर्जी, भारतका डा शिलकान्त शर्मा, फपितमाथ धियना सैयद र अहमद सलिमले आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । हाल सार्कका महासचिवमा नेपालका अर्जुनबहादुर थापा हुनुहुन्छ ।

स्थापनामा सात सदस्य राष्ट्र रहेकोमा ते¥हौँ शिखर सम्मेलनले अफगानिस्तानलाई नयाँ सदस्यका रुपमा ग्रहण ग¥यो । नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पाँच र माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गैयुमलले प्रथमदेखि १४ औँ शिखर सम्मेलनसम्म निरन्तर सहभागिता जनाउनुभएको पाइन्छ । रासस

0 comments for "सार्क प्रक्रिया ढाकादेखि काठमाडौँसम्म (तालिका सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive