Published On:Friday, November 7, 2014
Posted by dadad

नेप्से परिसुचकमा लगातर गिरावट, यो हप्ता मात्रै १६ अंक घट्यो

२१ कार्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा यो साता १६२ कम्पनीहरुको कारोबार हुँदा एक अर्ब आठ करोड ७ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन कारोबारमा २४ लाख नौ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबार रकममाम भने गत साताको तुलनामा ८ दशमल २१ प्रतिशतले बढेको छ ।  गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । जन अनुसार ९९ करोड ९० लाख ४६ हजार रुपैयाँ बराबरका २० लाख २४ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ३८ अंकले घटेर अन्तिम दिन ९ सय ४ दशमलव ९२ अंकमा आईपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ३९ अंकले घटेर १ सय ९२ दशमलव ६९ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ भने कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ । त्यस्तै कारोबार संख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक  अगाडी रहेको नेपाल स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको भने यो साता पनि कुनै पनि कारोबार भएन ।  यस साता काठमाडौं फाइनान्सको एक लाख ५३ हजार ९ सय ११ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । 


0 comments for "नेप्से परिसुचकमा लगातर गिरावट, यो हप्ता मात्रै १६ अंक घट्यो "

Leave a reply

    Popular Posts

    Blog Archive