Published On:Friday, November 7, 2014
Posted by dadad
चालु आर्थिक वर्षको असोजसम्म ८४ अर्व राजश्व संकलन
२१ कार्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७१/७२ मा करिब ४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष लिएको अर्थ मन्त्रालयले असोज मसान्तभित्रमा ८४ अर्ब २७ करोड ३३ लाख रुपैयाँ उठाउन सफल भएको छ । यो रकम सोही अवधिको गत वर्षको तुलनामा १६.३५ प्रतिशतले बढि रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ती निकालेर कुल राजश्व संकलन मध्ये कर राजश्व बापत ७४ अर्व ६६ करोड १८ लाख रुपैयाँ र गैरकर राजश्वतर्फ ९ अर्व ६१ करोड १५ लाख रुपैयाँ रकम संकलन भएको बताएको छ । जुन कर राजश्व बापत ८८.५९ प्रतिशत र गैरकर राजश्वतर्फ ११.४१ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७०/७१ असोजमा २७ अर्व ७ करोड ५६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
सोहि महिनामा मन्त्रालयले यो वर्षको असोज महिनामा मात्रै २९ अर्व १९ करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको असोज महिनामा राजश्व ७. ८२ प्रतिशत बढि संकलन भएको छ ।
आर्थिक वर्ष २०७०/७१ असोज महिना सम्मको मुख्य शीर्षकहरुको कूल राजश्वको अवस्थालाई विश्लेषण गर्दा अभिबृद्धि करको योगदान २ सय ८५, भन्सार महसूलको योगदान २ सय २५, आयकरको योगदान १सय ५ रहेको छ भने अन्तः शुल्कको अंश १ सय ७५ र गैरकर राजश्वको अंश १ सय ९५ रहेको छ ।
गत वर्ष असोज महिनासम्ममा भन्सार महसुल १५ अर्व ३ करोड ८४ संकलन भएकोमा यस वर्ष १८ अर्व ५९ करोड ५२ लाख रुपैयाँ संकलन भई २३.६५ प्रतिशत बृद्धिदर कायम भएको छ । गत आर्थिक वर्षको असोज महिना सम्ममा मूल्य अभिबृद्धि कर २३ अर्व ६३ करोड ७६ लाख रुपैयाँ संकलन भएकोमा यस वर्षको सोही महिना सम्ममा १० अर्व ३९ करोड ५६ लाख संकलन भई बृद्धिदर २५ दशमलव ३९ प्रतिशत रहेको छ ।
अन्तः शुल्कतर्फ गत आर्थिक वर्षको असोज महिना सम्ममा १० अर्व ३९ करोड ५६ लाख संकलन भएकोमा यस वर्षको सोही महिनासम्ममा १३ अर्व ३ करोड ४९ लाख संकलन भई बृद्धिदर २५ दशमलव ३९ प्रतिशत रहेको छ । आयकर तर्फ गत आर्थिक वर्षको असोज महिनासम्ममा ९ अर्व १८ करोड ८२ लाख संकलन भएकोमा यस वर्षको असोज महिनासम्ममा १० अर्व ४२ करोड २ लाख संकलन भई बृद्धिदर १३ दशमलव ४१ प्रतिशत रहेको छ ।
रजिष्ट्रेशन दस्तुर, सवारी साधनकर र अन्य करको गत वर्षको असोज महिनासम्ममा ३
अर्व ३९ करोड २७ लाख असूली भएकोमा यस वर्षको असोजसम्म ४ अर्व ३९ करोड ८१
लाख संकलन भई बृद्धिदर २९.६३ प्रतिशत रह्यो । गैरकर राजश्वतर्फ गत आर्थिक
वर्षको असोज महिनासम्ममा ९ अर्व ४४ करोड ४० लाख संकलनन भएकोमा यस वर्ष असोज
महिनासम्ममा ९ अर्व ६१ करोड १५ लाख संकलन भई १.७७ प्रतिशत बृद्धिदर रहेको छ
।



