Published On:Friday, November 7, 2014
Posted by dadad

किन गरे अस्थायी शिक्षकले सरकारी विद्यालय बन्द !

२१ कार्तिक, काठमाडौ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले शुक्रबार काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन बन्द गराएको छ । 

विगतमा गरिएका सहमति कार्यान्वयन नभएको भन्दै अस्थायी शिक्षकहरुले पठनपाठनमा अवरोध गराएका हुन् ।

 माग पूरा गराउन अनशनमा रहेका आफ्ना शिक्षकलाई प्रहरीले दुव्र्यबहार गरी शान्तिवाटिकाबाट हटाएका कारण थप आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य भएको समितिले जनाएको छ । विद्यालय बन्दको कार्यक्रमबारे पूर्व जानकारी नपाएका कतिपय सरकारी विद्यालयले भने पठनपाठनलाई नियमित गराएका छन् । 

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने र सफल नहुनेलाई राहत सुविधासहित सम्मानजनक अवकास दिलाउन सरकार र समितिबीच पटक पटक सहमति भएको थियो । त्यहि सहमति कार्यन्वयनका लागि आफुहरुको आन्दोलन रहेको समितिका अध्यक्ष निरेन्द्र कुँवरले जानकारी दिए ।

0 comments for "किन गरे अस्थायी शिक्षकले सरकारी विद्यालय बन्द !"

Leave a reply

    Popular Posts

    Blog Archive