Published On:Wednesday, November 5, 2014
Posted by dadad
पहिचानको मुद्धा बङ्ग्याईयो –प्रचण्ड
१९ कार्तिक, झापा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानको मुद्धालाई अरुले गलत व्याख्या गरेको आरोप लगाएका छन् ।
बाहिर हल्ला भएजस्तो आफुहरुले जातिय पहिचानको कुरा नगरेको भन्दै उनले नयाँसंविधानमा सबै जाति र समुदायको भावना र पहिचान समेटिनुपर्ने आफ्नो पार्टीको धारणालाई बङ्ग्याईएको बताए ।
झापाको दमकमा अध्यक्ष प्रचण्डले अहिलेसम्मका सबै उपलब्धिलाई लत्याएर गरिने चलखेलले समृद्ध मुलुक निर्माणको अभियानमा नकारात्मक असर पु¥याउने उल्लेख गर्दै उहाँले सहमतिबाटै नयाँ संविधान ल्याइनुपर्नेमा जोड दिए ।



