Published On:Wednesday, November 5, 2014
Posted by dadad

विमान चालककै शैक्षिक योग्यता नक्कली

१९ कार्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका चालक दीपेन्द्र प्रधानविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

छानविनका क्रममा प्रधानले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी विमान उडाइरहेको तथ्य फेला परेपछि अख्तियारले कारबाहीका लागि विशेष अदालतलाई सिफारिस गरेको हो ।

प्रधानले सेवा प्रवेशको क्रममा विहार इन्टर मिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन् १९९३ मा आइएस्सी तह उत्तीर्ण गरेको भनी प्रस्तुत गरेको प्रमाणपत्र नक्कली पाइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले निकालेको विज्ञप्तीमा भनिएको छ ।

यस्तै, आयोगले रौतहट मर्यादापुर गाविसका सचिव विश्वनाथप्रसाद शर्मा, जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियरद्वय शिवजीप्रसाद राय र लक्ष्मणकुमार सेठले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरूले आर्थिक वर्ष २०६७/६८ देखि २०७०/७१ सम्मको सामाजिक सुरक्षा भत्ता र पूर्वाधार निर्माणको रकम दुरुपयोग गरेको आयोगले जनाएको छ । उनीहरुले ४ लाख ७० हजार हिनामिना गरेको अनुसन्धानबाट पुष्ट हुन आएको छ ।

0 comments for "विमान चालककै शैक्षिक योग्यता नक्कली "

Leave a reply

    Popular Posts

    Blog Archive