Published On:Thursday, November 6, 2014
Posted by dadad
निर्धारित समयमै संविधान दिन राजदुतहरुको सुझाव
२० कार्तिक, काठमाडौं । विभिन्न मुलुकका राजदुतहरुले निर्धारित समयमै संविधान जारी गर्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन् । युरोपेली सङ्घ (इयू)मा आबद्ध मुलुकका साथै स्विटजरल्यान्ड र नर्वेका नेपालस्थित राजदूतहरूले आगामी माघ ८ गते संविधान जारी गर्ने समयसीमा नगुजार्न दलहरुलाई आग्रह गरेका हुन् ।
संविधानका विवादित विषयमा विभिन्न दलहरूसँग सहमति कायम गर्न राजनीतिक नेतृत्वबाट भएका प्रयासहरूको सराहना गर्दै उनीहरुले माघ ८ मा संविधान जारी गर्ने समयसीमा व्यतित नगर्न आग्रह गरेका छन् ।
संविधानका विवादित विषयमा विभिन्न दलहरूसँग सहमति कायम गर्न राजनीतिक नेतृत्वबाट भएका प्रयासहरूको सराहना गर्दै उनीहरुले माघ ८ मा संविधान जारी गर्ने समयसीमा व्यतित नगर्न आग्रह गरेका छन् ।
माघ ८ मा संविधान जारी गर्न नेतृत्व, उदारता र तत्परताका साथै सबै पक्षबीच सहमति हुनुपर्नेमा उनीहरुको जोड छ । राजनीतिक दलहरूबीच मतैक्यता कायम गर्न क्रियाशील रहेका बेला नयाँ संविधानमा बालबालिकाको अधिकारमा समान पहुँच र आधारभूत मानवअधिकार तथा नागरिक अधिकार सुनिश्चित गराउन सम्बद्ध सबै पक्षलाई इयूमा आबद्ध देशका राजदूतहरूको जोड छ ।