Published On:Thursday, November 6, 2014
Posted by dadad
एमाले नेताको छोराले शिक्षकलाई भिरबाट फालिदियो
१० कार्तिक, भीमदत्तनगर । दार्चुलाको लेकम क्षेत्रमा लागेको जयपुर जात्रामा लटिनाथ उच्च माविका कम्प्युटर शिक्षकलाई नेकपा एमाले दार्चुलाका जिल्ला अध्यक्षका छोराले भिरबाट फालिदिएका छन् ।
एमाले दार्चुला जिल्ला अध्यक्ष रामदत्त जोशीका छोरा विक्रम जोशीले शिक्षक भुवन खत्रीलाई कुटपिट गरी जात्रा लाग्ने नजिकैको भिरबाट फालिदिएको हो ।
एमाले दार्चुला जिल्ला अध्यक्ष रामदत्त जोशीका छोरा विक्रम जोशीले शिक्षक भुवन खत्रीलाई कुटपिट गरी जात्रा लाग्ने नजिकैको भिरबाट फालिदिएको हो ।
जात्रामा भुवनका बुबा हरिसिंह खत्रीले होटल थालेका थिए । बुबा कुटेको थाहा पाएपछि घटनास्थल पुगेका भुवनमाथि आक्रमण भएको बताईएको छ । जिल्ला विकास समिति दार्चुलामा समेत कार्यरत विक्रम जोशीले भिरमा खसालिएका भुवन डेढ किलोमिटर तल भेटिएका थिए ।
विक्रम जोशीलगायत केही युवकको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको भए पनि प्रहरीले घटनाका दोषीलाई कारबाही गर्न नमानेको घाइते खत्रीका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनामा संलग्न मोहन मिश्रलाई पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न रहेकाहरु विरुद्ध मुद्दा दर्ता भइसकेको छ ।



