Published On:Thursday, November 6, 2014
Posted by dadad

सामाजिक न्याय तथा मानवअधिकार समितिले बनायो विभिन्न कार्यदल

२० कार्तिक, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गत सामाजिक न्याय तथा मानवअधिकार समितिले विभिन्न कार्यदल गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले कुवेत स्थित नेपाली दूतावासको आश्रयस्थलमा रहेका महिला श्रमिकको अवस्थाबारे जानकारी लिन ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

शिवबहादुर खड्को नेतृत्वमा रहेको कार्यदलले नेपाली कामदारको स्थिति एवम् मानवाधिकारवादी, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घसँग जानकारी लिने बताईएको छ । यस्तै समितिले देशका विभिन्न कारागारको व्यवस्थापन र त्यहाँ रहेका बन्दीको मानवाधिकारको अवस्थाका बारेमा स्थलगत अध्ययन अवलोकन गरी सुझाव सहित तीन साताभित्र प्रतिवेदन पेस गर्न नेकपा एमालेका सभासद पाँचकर्ण राईको नेतृत्वमा सात सदस्यीय उपसमिति स्तरीय कार्यदल पनि गठन गरेको छ ।

त्यसैगरी बैठकले एकीकृत नेकपा माओवादीका सभासद हितराज पाण्डेको नेतृत्वमा १३ सदस्यीय शान्ति तथा पुनःनिर्माण उपसमिति, नेकपा एमालेका सभासद् टुकाभद्र हमालको नेतृत्वमा मानवाधिकार उपसमिति र नेपाली काँग्रेसका मुख्तार महमदको नेतृत्वमा १४ सदस्यीय सामाजिक न्याय उपसमिति पनि गठन गरेको संसद सचिवालयले जनाएको छ ।

0 comments for "सामाजिक न्याय तथा मानवअधिकार समितिले बनायो विभिन्न कार्यदल"

Leave a reply

    Popular Posts

    Blog Archive