Published On:Thursday, November 6, 2014
Posted by dadad

दक्षिणी सीमा नाकामा राजस्व चुहावट रोक्न कडाइ

२० कार्तिक, कञ्चनपुर । राजस्व चुहावट रोक्नका लागि कञ्चनपुरको भारतसँग सीमा जोडिएको बेलौरी क्षेत्रमा प्रहरीले कडाइ गरेको छ ।
भारतीय निकटवर्ती क्षेत्र खजुरिया, बसई, सम्पूर्णानगर बजार क्षेत्र हुँदै व्यापक मात्रामा सामान तस्करी हुने क्रम बढ्न थालेपछि प्रहरीले कडाइ गरेको हो ।

खुला सीमा नाकाको प्रयोग गर्दै तस्करले प्रतिबन्धित कुखुरा, कुखराजन्य पदार्थ, इलेक्ट्रोनिक्सका सामग्रीका साथै दैनिक खाद्यपदार्थ राजस्व छलेर भित्र्याउने गरेका छन् ।
राजस्व चुहावट रोक्नका लागि प्रहरीको गस्ती टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए ।

सीमा क्षेत्रमा गस्ती बढाइएपछि  तस्करी नियन्त्रण उन्मुख भएको उनले बताए । भन्सार छलेर सामान ल्याउनेलाई समातेर भन्सारमा राजस्व काट्न लगाइने गरिएको उहाँको भनाइ छ । प्रहरीको कडाइले छोटी भन्सार कार्यालय बेलौरीको राजस्वमा समेत वृद्धि हुन थालेको छ ।

0 comments for "दक्षिणी सीमा नाकामा राजस्व चुहावट रोक्न कडाइ "

Leave a reply

    Popular Posts

    Blog Archive