Published On:Friday, November 7, 2014
Posted by dadad

लेखनाथ महोत्सव अन्तरगत गठित कार्यसम्पादन, निर्देशक र सल्लाहकार समितिको संयुक्त वैठक सम्पन्न

लेखनाथ २२, कास्की  “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ २०७१ मंसिर १८ गते देखी २९ गते सम्म लेखनाथ १ भण्डारढिक प्रस्तावित रंङगशालामा संचालन हुने  एघारौ लेखनाथ महोत्सव अन्तरगत गठित कार्यसम्पादन समिति, सल्लाहकार समिति र निर्देशक समितिको संयुक्त वैठक शुक्रवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा वसेको वैठकमा उपस्थित सम्पुर्ण महानुभावहरुले विगतमा सम्पन्न महोत्सवहरुका सुधार गर्नुपर्ने पक्षलाई सुधार गरि लेखनाथ महोत्सव २०७१ लाई नया कार्यक्रमका साथ भव्य सव्य र व्यवस्थीत रुपमा संचालन गर्ने र सवैले आ आफ्नो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
यस वर्ष महोत्सवका आकर्षणका रुपमा हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्य सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सून्तला, माछा, मह÷मौरी, कफि, दुग्ध जन्य वस्तु प्रदर्शनी , तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी  रहने अध्यक्ष गिरीले जानकारी गराउनुभयो ।
महोत्सवका आकर्षणमा खूल्ला कविता प्रातियोगिता, म्युजिक कन्सर्ट, स्थानीय प्रतिभाको खोजी अन्तरगत गायन विधामा गण्डकी तारा,राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, चर्चित कलाकारहरुको दैनिक स्टेज सो, विद्यालय स्तरिय ऋजष्मि त्बभिलत कजयध प्रतियोगिता, चित्रकाल प्रदर्शनी, रितिरिवाज झल्कने सास्कृतिक कार्यक्रम लगायतका कार्यक्रम रहने संयोजक गिरीले वताउनुभयो ।
नेपाली काग्रेस नगर सभापती राजेन्द्रमणी लामिछाने, नेकपा एमाले नगर अध्यक्ष मोहनवहादुर गुरुङ, नेकपा माओवादीका नगर ईन्चार्ज किशानसिह गुरुङ, राप्रपाका नगर अध्यक्ष हेमवहादुर हमाल, राप्रपा नेपालका हरीवहादुर हरिजन, नेकपा एकिकृतका प्रेमकाजी गूरुङ, अखण्ड नेपालपाटीका नगर अध्यक्ष मोती गिरी लगायतले महोत्सव अवधीभर सक्रिय रुपमा रहदै पाटीवाट महोत्सवलाई असर पर्ने खालका कुनै कार्यक्रम नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्दं पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, लेखनाथ नगरपालिकाका पूर्व नगर प्रमुख शालिग्राम पौडेल, वरिष्ठ सल्लाहकार गणेशवहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, द्धितीय उपाध्यक्ष कृष्णहरी भण्डारी, महासचिव वलराम ढकाल, उपमहासचिव भरतकुमार अधिकारी, कोषाध्यक्ष छत्रधर आत्रेय, ऋषीराम जमरकट्टेल, दुर्गाप्रसाद अधिकारी, मे.रामप्रसाद गुरुङ, गोविन्दप्रसाद कर्माचार्य, कृष्णराज पौडेल, हंशपुर इृलाका प्रहरी कार्यालयका ईन्चार्ज गंगावहादुर थापा, आदर्शयुवा क्लवका रोशन अधिकारी, सु.नारायणसिङ गुरुङ,दयाराम तिवारी, दामोदर भक्त थापा, लेखनाथ हाडवयर एशोशियसनका अध्यक्ष राजेन्द्र ओझा लगायतका वक्ताहरुले महोत्सवको सफलताका लागि आफु लागि पर्ने र सवैलाई सक्रिय रुपमा लाग्नका लागि आग्रह गरेका थिए ।   

0 comments for "लेखनाथ महोत्सव अन्तरगत गठित कार्यसम्पादन, निर्देशक र सल्लाहकार समितिको संयुक्त वैठक सम्पन्न"

Leave a reply

    Popular Posts

    Blog Archive