Published On:Friday, November 7, 2014
Posted by dadad
राष्टिय औद्योगिक व्यापार मेला २०७१ को सम्बन्धमा जारी प्रेस विज्ञप्ती
राष्ट्रिय औद्योगिक व्यापार मेला २०७१, पोखरा
प्रेस विज्ञप्ति
आदरणीय संचारकर्मी मित्रहरु,
मेला र महोत्सवको प्रवर्तक पोखरा उद्योग वाणिज्य संघतथा नेपालको निजी क्षेत्रको छाता संगठन नेपालउद्योग बाणिज्यमहासंघको आयोजनाएवं पोखरा उपमहानगरपालिका, पोखरा उपत्यकानगर विकास समिति, जिल्लाविकास समितिकास्कीको सहयोग ,नेपालपर्यटनवोर्डको प्रवद्र्धन,राष्ट्रियबाणिज्य वैंकको मूख्यप्रायोजनएवं हेल्लो नेपालको सहप्रायोजनमामिति २०७१ मंसिर ४गतेदेखि १४गते सम्मपोखरा उपमहानगरपालिकावडा नं ९ नयाँबजारस्थितपोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय स्तरको राष्ट्रियऔद्योगिकव्यापार मेला २०७१पोखराको आयोजनागर्न लागिएको व्यहोरा सहर्ष जानकारी गराउनचाहन्छु । मेला सम्पन्नगर्न पोखरा उद्योग बाणिज्य संघकाअध्यक्षको अध्यक्षतामागठितमूल समारोह तथाकार्यसम्पादन समितिसहित १७वटाविभिन्नउपसमितिहरु सक्रियरुपमाकार्यरत छन् ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्यउत्पादन, हस्तकलाकाउत्पादन, सूचनाप्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्यउत्पादनहरुलाई प्रवद्र्धन तथाबजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजनागरिएको हो । संघले अग्रणी सामाजिक संस्थाको दायित्व पूरा गर्नकै लागि राष्ट्रियऔद्योगिकब्यापार मेला–२०७१,पोखराको मूलनारा ‘ लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने तय गरेको छ । संघले तय गरेको नारा अनुरुप नै यो मेलापश्चिमाञ्चल क्षेत्रमा ब्यवसायबिस्तारको संभावनाको खोजीगर्ने उदेश्यमा समर्पित रहने म यहाँहरुलाई जानकारी गराउनचाहन्छु । सिंगो देश यतिबेलानयाँ संविधानको पर्खाइमा छ भने निजी क्षेत्र यतिबेलानयाँ संविधासहित र आर्थिक उत्थानको स्पष्टएजेण्डाको चाहनामा रहेको छ । राष्ट्रियऔद्योगिकब्यापार मेला २०७१ को पूर्वसन्ध्यामाहामी सरकारसँग आर्थिक उन्नतिको स्पष्टमार्गचित्र प्रस्तुतगर्न जोडदार मागपनिगर्दछौँ ।
आदरणीय संचारकर्मी मित्रहरु, राष्ट्रियऔद्योगिकव्यापार मेला २०७१पोखराको आकर्षणको रुपमाऔद्योगिकतथाव्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचनातथाप्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनीस्थानियकला र सस्कृतिको प्रदर्शनीलगायत दैनिकउपभोग्यवस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्रीवितरण रहेकाछन् । साथै मेलाको थपआकर्षणतर्फख्यातिप्राप्तकलाकारहरुको लोकदोहोरी गीत प्रस्तुती , नेपालकाख्यातिप्राप्तव्याण्डहरुको लाइभसांगितिककार्यक्रम, लोकनृत्य प्रतियोगिता,हाँस्यप्रहसन,शारीरिक सुगठनप्रतियोगिता, फेसन सो ,प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यानतथा साथमा स्थापितहाँस्यकलाकारहरुद्वारा मनोरञ्जनात्मककार्यक्रमहरु समावेश गरिएकाछन् । संघले बिगतकाबर्षहरु देखीनियमित रुपमाआयोजनागर्दै आएको मेलाप्रदर्शनी र महोत्सवको माध्यमवाटयहांको कला संस्कृतिको उत्थानका साथै स्थानियउत्पादनहरुको बजार पहिचानगरि आयातप्रतिस्थापनमाठोस योगदानपुगेको हामिले बिश्वास लिएकाछौं ।
संघले आफनो आन्तरिक स्रोत र यसअघीका मेलाबाटभएको आम्दानी सदुपयोग गर्दैै मेलास्थलमा आकर्षक डोम (ज्बलनभच) निर्माण गरेको यहाँहरुलाई अवगत नै छ । मेलामा सोहीअत्याधुनिकडोम (ज्बलनभच) मानिर्मित विशेष प्रकारका स्टलहरु सहित २ सय ९५वटा स्टल रहने छन् । तिमध्ये डोममा७८, रेष्टुरेष्ट १५, अटो ४७, पोखराकाउत्पादन,पर्यटन ,कृषितथाहस्तकलामा ३६, प्mलोरिकल्चरमा ७, गार्मेण्ट २० र बाँकी१९२वटासाधारण स्टल रहने छन् । मेलाको ३ लाखदर्शकहरुले अवलोकनगर्ने हामीले अपेक्षा राखेकाछौं । मेलामाराखिएको मेड इन नेपाल पेभेलियनमा रहने नेपालीउत्पादनहरुलेनेपालमाउत्पादितबस्तु र सेवाहरुको प्रदर्शनीतथाबिक्रीले उद्यमशिलताचाहने महानुभावहरुलाई प्रेरणाप्रदानगर्ने मात्र हैन, नेपालीउत्पादनप्रतिजनाचासो बढ्ने हाम्रो अपेक्षारहेको छ । मेलाशुभारम्भ हुने दिननजिकिँदै गर्दा मेलाको तयारी तीव्र भएको छ । मेलाका७० प्रतिशत स्टलहरु बुकिङ भई सकेकाछन् भने मेलाको प्रचारप्रसार तीव्र बनाइएको छ । यसैगरी यो पटकको मेलामापश्चिमञ्चलइञ्जिनियरिङ क्याम्पसकाविद्यार्थीले तयार पारेको यन्त्रमानव ( रोवोट ) को प्रदर्शनी समेत गरिनेछ भने पोखरामाबन्नलागेको पोखरा क्षेत्रीयअन्तर्राष्ट्रियविमानस्थलको नमूना, फेवाताल, विन्ध्यवासिनीतथाबिश्वशान्ती स्तूपाको नमूनापनि मेलाको आकर्षणहुने हामीले ठानेकाछौँ ।
मेलाबाटअनुमानितआम्दानी रु. ९५ लाखमाअनुमानितखर्च रु ७० लाखकटाउँदा रु. २५ लाख बचत हुने अनुमानगरिएको छ । यस वर्षको मेलाआयोजनाबाट बचत भएको रकमपनि नेपाल सरकारको ५ विकास क्षेत्रमा १÷१ वटा क्षेत्रीय स्तरको प्रदर्शनी केन्द्र निर्माणगर्ने अवधारणअनुरुपपश्चिमाञ्चलविकास क्षेत्रको सदरमुकामपोखरामानिर्माणहुन लागेको क्षेत्रिय स्तरको प्रदर्शनीस्थलपोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमाविशेष प्राथमिकताप्रदान गरी खर्च गरिनेछ । त्यस्तै मेलाको प्रवेश टिकट दरको हकमा विद्यार्थीहरुको लागि रु ३५।०० र अन्य सर्वसाधारण्का लागि रु ५०।०० कायम गरिएको छ । टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरुमा थालिएको पोखरामा दमकल खरिदका लागि प्रति टिकट रु. २।००, बालश्रम न्यूनिकरण कार्यक्रमको लागि रु. १।०० र समग्र पोखराको विकासका लागि रु. २।००, छुट्याइने छ । संघकै संयोजनमा संचालन हुने सो कोषको रकम आवश्यकता हेरी पोखराको विकासको जुनसुकै परियोजनामा पनि खर्च गरिने छ ।
यस अगाडि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४१ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला –२०५३ पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, महिला उद्यमी मेला २०६८ र २०७० तथा राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरा २०६३,देखी २०७० सम्म वार्षिक रुपमा सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।
मेलालाई सफलतापूर्वक सम्पन्न गर्नको लागि मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य वैंक, सहप्रायोजकमा हेल्लो नेपाल मोवाइल तथा मेलासंग सम्वन्धित विविध पक्षका प्रायोजक एवं विविध क्रियाकलापहरु संचालन गर्ने सम्वन्धमा सम्वन्धित पक्षहरुसंग सम्झौताहरु भएको÷ हुने क्रम जारी छ । सो कार्यका लागि गठित विभिन्न उपसमितिहरुले आ–आफ्नो काम तदारुकताका साथ गरिरहेको समेत हामी जानकारी गराउँछौं अन्त्यमा, मेला सम्पन्न गर्न विगतका वर्षहरुमा यहाँहरुबाट प्राप्त सहयोग र सद्भावको सतत् कदर गर्दै ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७१, पोखरा’ लाई सफलतापूर्वक सम्पन्न तुल्याउन सम्पूर्णं संचारकर्मी मित्रहरु, उपस्थित महानुभावहरु लगायत सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद ।
दिनाङ्कः २१ कार्तिक ÷२०७१
विन्दुकुमार थापा
अध्यक्ष
पोखरा उद्योग बाणिज्य संघ


