Published On:Friday, November 7, 2014
Posted by dadad

धादिङमा करेन्ट लागेर एक जानको मृत्यु

कार्तिक २२ धादिङ

धादिङको निलकण्ठ नगरपालीका वडा नं १ नागश्वर भज्याङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
खाल्टे १ धुसेनी घर भई चिसापानीमा रहेको श्री जलदेवी निम्न माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा चमेली तामाङको ज्यान गएको बताईएको छ ।

शुक्रवार जंगलबाट घाँस काटि फर्कने क्रममा नागश्वर भज्याङमा रहेको बिद्युत पोल ढलि भुईमा लत्रेको तारमा छुन पुग्दा करेन्ट लागेर ज्यान गएको हो । बिद्युत प्राविकरणलाई बिद्युत सट भएको जानकारी गराउदा पनि वेवास्ता गरेको कारण यस्तो घटना भएको भन्दै स्थानिय बासिन्दा आक्रोसित बनेका छन । घटनाको बिद्युत प्राधिकरणले उचित क्षतिपुर्ति दिनुपर्ने र उक्त ठाउँमा चाँडो भन्दा चाँडो बिद्युत पोल मर्मत गर्नुपर्ने समेत माग राखेका छन । यदि उचित क्षतिपुर्ति र मर्मत कार्य अगाडि नबढाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
अघिल्लो बर्ष पनि सोहि ठाउँमा नै करेन्ट लागेर एक महिलाको ज्यान गएको थियो ।

0 comments for "धादिङमा करेन्ट लागेर एक जानको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive