Published On:Saturday, November 8, 2014
Posted by dadad
माघ ८ मा संविधान आउनै सक्दैनः एमाओवादी
२२ कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले निर्धारित समय माघ ८ मा संविधान जारी हुन नसक्ने ठोकुवा गरेको छ । संविधान जारी गर्नका लागि स्पष्ट आधारहरु बनिनसकेको र बनेका आधारहरु पनि समाप्त पार्ने खेल भैरहेको माओवादीको ठहर छ ।
प्रमुख सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ संविधानमा संघियताका विषयमा पछिल्लो प्रस्तावले संविधानसभाबाटै संविधान नबनाउने खेल भैरहेको माओवादीको जिकिर छ ।
केन्द्रीय कार्यलय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रममा प्रवक्ता दिनानाथ शर्माले पछिल्लो राजनीतिक गतिविधिले सकारात्मक परिवर्तन नभई मुडभेडको अवस्था सिर्जना गर्ने बताए ।
माघ ८ भित्र कुनैपनि हालतमा संविधान ल्याउने भन्दै हौवा फैलाएर जनतामा आश्वासनको पोको बाँड्ने काम मात्रै गर्न नहुने भन्दै उनले अब सहमतिको सम्भावना समेत समाप्त भैसकेकाले संविधान जारी हुने सम्भावना समाप्त भएको बताए । अबको २ महिनामा संविधान जारी हुने कुनै आधार नभएको भन्दै उनले नेपाली काँग्रेस र नेकपा एमालेले जनतामा लालिपपको आश्वासन बाँडिरहेको आरोप लगाए ।

संघीयता, धर्म निरपेक्षता जस्ता विषय एकीकृत माओवादी भएकाले यसलाई असफल बनाउने र संविधानसभा भंग गरेर एउटा आयोग बनाएर संविधान जारी गर्ने २०४७ सालकै प्रपन्च रचिएको उनको भनाई छ । २०६३ को अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, १२ बुँदे सहमती लगायत विगतमा भएका सहमति बेगर एकीकृत माओवादी जान नसक्ने भन्दै उनले देशमा अब मुडभेडको अवस्था सिर्जना हुन सक्ने खतरा सिर्जना भएको बताए ।
सहमति अन्तिम चरणमा पुगिसकेको समयमा काँग्रेस र एमालेले संघियताका विषयमा नयाँ प्रस्ताव ल्याउनु संविधानसभाबाट संविधान निर्माण नगर्ने रणनीति रहेको भन्दै उाले उनीहरुको प्रस्तावलाई संविधानसभामा लैजान नसक्ने बताए । संवाद समितिले उनीहरुको प्रस्तावलाई प्रतिवेदनमा समावेश गर्न नहुने भन्दै उनले काँग्रेस/एमालेले सत्तामा पुगेपछि निरंकुश चरित्र देखाएको आरोप लगाए ।