Published On:Friday, November 7, 2014
Posted by dadad

इरानमा कुकुर मनपराउनेले ७४ कोर्रा खानुपर्ने नयाँ कानुन

२१ कार्तिक, तेहरान । इरानमा कट्टरपन्थी सांसदहरूले घरमा कुकुर पाल्न तथा उनीहरूलाई लिएर सार्वजनिक रूपमा हिँड्न प्रतिबन्ध लगाउने कानुन बनाउने योजना बनाएका छन् । 

यसबाट यो कानुन तोड्ने कुकुर पनपराउने व्यक्तिले ७४ कोर्रा खानुपर्ने अवस्था सिर्जना हुनेछ ।

यससम्बन्धी एक मस्यौदा कानुनलाई मुलुकको परम्परावादीको प्रभावमा रहेको संसदका सदस्यले हस्ताक्षर गरेका छन् । यस मस्यौदामा कानुन तोड्ने व्यक्तिलाई ठूलो रकम जरिवाना गरिने व्यवस्था भएको सुधारवादी समाचारपत्र सर्घले जानकारी दिएको छ ।

इस्लामी परम्परामा कुकरलाई फोहोरी जनावर मानिन्छ र यसलाई सामान्य जनावरको रूपमा लिइन्न । यसो भए पनि केही व्यक्ति र विशेष गरी धनीले यसलाई घरमा ढोका बन्द गरेर पाल्छन् र यसलाई लिएर बाहिर जान्छन् ।

इरानको नैतिकता प्रहरीलाई सार्वजनिक स्थानमा तैनाथ गरिन्छ र उनीहरूले यसअघि कुकुर लिएर हिँड्ने व्यक्तिलाई रोकेका थिए भने उनीहरूलाई सावधान बनाउने वा यस जनावरलाई जफत गरिदिने गरेका थिए । नयाँ कानुन संसदमा पारित भएमा कुकुरसम्बन्धी गल्ती गर्ने व्यक्तिले कोर्रा वा एक करोड देखि १० करोड रियालसम्म जरिवाना भोग्नुपर्ने हुनसक्छ ।

इस्लामी इरानमा कुकुरलाई थपथपाउनु वा उनीहरूको ¥यालको सम्पर्कमा आउनुबाट मानिसको शरीर अशुद्ध हुने धारणा राखिन्छ ।  मस्यौदा कानुनमा सार्वजनिक स्थलमा कुकुर वा बाँदर जस्ता जनावर लिएर हिँड्ने व्यक्तिले इस्लाम संस्कृतिमा क्षति पु¥याउनुका साथै सफाइ तथा विशेष गरी महिला तथा बालबालिकाको शान्ति भङ्ग गर्ने भएको उल्लेख गरिएको छ । एएफपी

0 comments for "इरानमा कुकुर मनपराउनेले ७४ कोर्रा खानुपर्ने नयाँ कानुन "

Leave a reply

    Popular Posts

    Blog Archive