Published On:Friday, November 7, 2014
Posted by dadad

जापान र चीनका नेताबीच शिखर बैठक हुने

२१ कार्तिक, टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबे तथा चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आउँदो साता पहिलो शिखर बैठक हुने भएको छ । एसियाका दुई ठूला अर्थतन्त्रबीच गत दुई वर्षसम्म वैमनस्य जस्तो अवस्था देखिएको थियो ।
जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले दुई मुलुकबीच एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) को बैठकबीच दुई नेताबीच बैठक हुने जानकारी दिएको छ ।  निजी क्षेत्रमा सञ्चालित फुजी टीभीले पनि यस्तै प्रकारको समाचार दिएको थियो । 

जापानको सरकारी एक सूत्रले शिखर बैठक गर्ने विषयमा समझदारी बनेको र यसलाई ठोस रुपमा आयोजना गरिने तयारी भएको बताए । टोकियोले यस्तो बैठकका लागि दबाब दिइरहेको थियो । हाल दोस्रो विश्व युद्धको इतिहासकालदेखिको क्षेत्रीय विवादमा यी दुई मुलुक फसेका थिए । एएफपी

0 comments for "जापान र चीनका नेताबीच शिखर बैठक हुने "

Leave a reply

    Popular Posts

    Blog Archive