Published On:Friday, November 7, 2014
Posted by dadad

विमानस्थलका भन्सार सुब्बाले दुई झोला पैसा घुस लिएपछि

२१ कार्तिक काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारका नायव सुब्बा हरिवंश कार्कीलाई दुई झोला पैसा घुस लिँदालिँदै पक्राउ परेका छन् । धुम्बाराहीको मुनलाईट क्याफेबाट अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले कार्कीलाई शुक्रबार राती ८ बजे पक्राउ गरेको हो । 

कार्कीसँगै अख्तियारले दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम कार्कीलाई पनि पक्राउ गरेको छ । अयोगको टोलीले उनीहरुको साथबाट २१ लाख ४० हजार रुपैयाँ नगद बरामद गरेको छ । साथीको घरमा लुकाइ राखेको दुई झोला पैसा बरामद गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । 

कति भन्ने गन्न बाँकी छ रहेको भन्दै उनले करोडौंको घुस लेनदेन भएको अनुमान गरिएको बताए । अबैध सुन तस्करी गर्दा पक्राउ परेकाहहरुलाई छुटाइदिन्छु भन्दै उनीहरूले घुस लिएको अख्तियारको टोलीले बताएको छ । 

अधिकारीहरुका अनुसार अवैध सुन ल्याउँदा पक्राउ परेका भारतीय नागरिकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । उनीहरु आजै पैसा लिएर भारत प्रस्थान गर्ने क्रममा अख्तियारले धुम्बाराहीमा जम्मा भएका थिए ।

0 comments for "विमानस्थलका भन्सार सुब्बाले दुई झोला पैसा घुस लिएपछि "

Leave a reply

    Popular Posts

    Blog Archive