Published On:Friday, November 7, 2014
Posted by dadad

पशुचिकित्सक डा श्रेष्ठलाई अन्तर्राष्ट्रिय पुरस्कार

२१ कार्तिक, काठमाडौं । पशुचिकित्सकको संस्था ‘पशुचिकित्सा अभ्यासकर्ता सङ्घ’ नेपालका अध्यक्ष डा मुक्तिनारायण श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त भएको छ । नेपालका पशुचिकित्सकलाई दूरदृष्टि र नेतृत्व दिन सफल भएकामा सन् २०१५को ‘डब्ल्यु सावा ग्लोबल मेरिटोरियस सर्भिस अवार्ड’ प्रदान गरिएको हो । 

उक्त सम्मानको घोषणा आज यहाँ आयोजित पशुचिकित्सकको राष्ट्रिय सम्मेलनमा जानकारी गराइएको थियो । सम्मान आउँदो जेठ मा बैंककमा पशु चिकित्सक विश्व सम्मेलनका क्रममा प्रदान गरिने वल्र्ड स्मल एनिमल भेटेरिनरी एसोसिएसनको सचिवालय क्यनडाले जनाएको छ ।

डा श्रेष्ठ पशु चिकित्सा क्षेत्रमा विश्वस्तरको सम्मान पाउने एसियाका पहिलो व्यक्तित्व हुनुहुन्छ । डोटीमा जन्मिनुभएका डा श्रेष्ठले सरकारी सेवामा कृषि सचिवको कार्यभार पनि सम्हाल्नुभएको थियो । उक्त पुरस्कार प्राप्त भएको थाहा पाएपछि डा श्रेष्ठले भन्नुभयो, “मलाई नोबेल पुरस्कार पाएभन्दा बढी खुसी लागेको छ ।” रासस

0 comments for "पशुचिकित्सक डा श्रेष्ठलाई अन्तर्राष्ट्रिय पुरस्कार "

Leave a reply

    Popular Posts

    Blog Archive