Published On:Friday, November 7, 2014
Posted by Tekman Shakya
साफ च्याम्पियनसीप महिला फुटबल टोली पाकिस्तान प्रस्थान
२१ कार्तिक, काठमाडौं । पाकिस्तानमा हुने तेस्रो साफ च्याम्पियनसीप महिला फुटबल प्रतियोगितामा सहभागी हुन जाने २७ सदस्यीय नेपाली टोलीलाई शुक्रबार विदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घको कार्यलय सातदोबाटोमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले टोलीलाई सफलताको शुभकामना सहित विदाइ गरेका हुन् ।
टोलीलाई विदाइ गर्दै उनले फुटबल खेल आम जनमानसको लोकप्रिय खेल भएकाले यसको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उक्त प्रतियोगितामा नेपाली टोलीले उपाधि हासिल गरेमा प्रत्येक खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरे ।
कप्तानको जिम्मेवारी अनु लामाले पाएको टोलीमा अन्जली राई, दीपा अधिकारी, अन्जली वाइवा, दीपा राई, अनिता बस्नेत, मेनुका गिरी, मनमाया लिम्बू र अमृता जैसी लगायत २० खेलाडी छन् । त्यस्तै, मुख्य प्रशिक्षक कुमार कटुवाल छने भने,सहायक प्रशिक्षकमा भगवती रानामगर र दर्शन भक्तराज लावती छन् । प्रतियोगिता यही कात्तिक २५ गतेदेखि सञ्चालन हुनेछ ।


