Published On:Tuesday, November 11, 2014
Posted by dadad

नाइजेरियाको विद्यालयमा आक्रमण,४७ को मृत्यु

अबुजा  कार्तिक २५ - उत्तरपूर्वी नाइजेरियाको एउटा सरकारी स्कुलमा सोमबार आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ४७ विद्यार्थीको ज्यान गएको छ । ७९ जनाभन्दा बढी घाइते भएका छन् । योबे प्रान्तको पोटिस्कम सहरस्थित कम्पि्रहेन्सिभ सिनियर साइन्स सेकेन्ड्री स्कुलमा बिहानको प्रार्थनाका बेला बम विस्फोट भएको हो । आक्रमण आतंकवादी समूह बोको हरामले गरेको भनिएको छ । तर, पूर्ण पुष्टि भएको छैन । उक्त विज्ञान तथा प्रविधि स्कुलमा छात्रहरू मात्र पढ्छन् । मृत्यु हुनेहरू १३ वर्षमाथिका छन् ।
'स्कुलमा बिहानको प्रार्थना भइरहेको थियो । विद्यार्थी वेशमा आएका आक्रमणकारीले आफूलाई पड्काए,' एक प्रत्यक्षदर्शीले भने । घाइतेमध्ये अधिकांश अंगभंग भएका छन् ।
त्यही सहरमा गत साता सिया मुस्लिम समुदायको र्‍यालीमा यस्तै आक्रमण हुँदा १५ जना
को ज्यान गएको थियो । पाँच वर्षदेखि इस्लामी राज्य स्थापना गर्ने उद्देश्यसाथ आतंकमा उत्रिएको बोको हरामले विद्यालयहरूलाई लक्ष्य गर्दै आएको छ । उसका आक्रमणहरूमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
आतंक रोक्न डटेर नलागेको आरोप लगाउँदै पीडितको आक्रोशित भीडले घटनास्थल पुगेको सेनामाथि आक्रमण गरेको थियो । 'आक्रमणमा मेरो १६ वषर्ीय भाइको ज्यान गयो,' शोकमग्न एक आफन्तले भने, 'नियन्त्रणबाहिर गइरहेको बोको हरामविरुद्ध युद्धमा सरकार अझ कडा रूपमा प्रस्तुत हुनुपर्‍यो ।'
बोको हरामको अर्थ 'पश्चिमी शिक्षा अवैध' हो । उसले बालिकालाई विद्यालय जानबाट रोक्ने र बालकलाई पश्चिम शिक्षा लिन नदिने अभियान चलाएको छ । सबैलाई कुरान मात्र पढाउनुपर्ने उसको मान्यता छ ।
उक्त समूहले गत अपि्रलमा बोर्नो राज्यको चिबोकस्थित एक बोर्डिङ स्कुलबाट २ सयभन्दा बढी छात्रा अपहरण गरेको थियो । 

0 comments for "नाइजेरियाको विद्यालयमा आक्रमण,४७ को मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive