Published On:Tuesday, November 11, 2014
Posted by dadad

तीन दिने क्रिकेटमा नेपाल पराजित

काठमाडौं, कात्तिक २५ - नेपालको राष्ट्रिय क्रिकेट टोली श्रीलंकाको कुरुनागेला ११ विरुद्धको पहिलो तीन दिने खेलमा पराजित भएको छ । नेपाल ८७ रनले पराजित भएको हो ।
जितका लागि २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाली टोली दोश्रो पालीमा २ सय ११ रनमा अल आउट भयो । नेपालका राजेश पुलामीले ९५ रन बनाए पनि नेपाललाई हारबाट बचाउन सकेनन् ।
६ विकेट गुमाएर १ सय २९ रनको अवस्थाबाट मंगलबार तेश्रो दिनको खेल थालेको कुरुनागेलाले थप २ विकेट गुमाएर ९ रन जोडेपछि पाली समाप्तीको घोषणा गरेको थियो । पहिलो पालीमा कुरुनागेलाले ३ सय ४७ रन बनाएको थियो भने 
नेपाल दोश्रो दिन सोमबार १ सय ८७ रनमा अल आउट भएको थियो । नेपालका सोमपाल कामी म्यान अफ द म्याच भए । उनले खेलमा ७ विकेट लिएका थिए । यस्तै ब्याटिङतर्फ उनले पहिलो पालीमा ४९ र दोश्रो पालीमा १७ रन बनाएका थिए ।

0 comments for "तीन दिने क्रिकेटमा नेपाल पराजित"

Leave a reply

    Popular Posts

    Blog Archive