Published On:Tuesday, November 11, 2014
Posted by dadad

कास्की जिल्ला फुटबल संघलाई ३० लाख दिने

काठमाडौं, कात्तिक २५ –
मनकामना दर्शन प्रालिले कास्की जिल्ला फुटबल संघलाई ३० लाख रुपैयाँ दिने भएको छ । मनकामना दर्शन प्रालिले सामाजिक उत्तरदायित्व अन्तरगत वर्षको १० लाख रुपैयाँका दरले तीन वर्षमा कास्की जिल्ला फुटबल संघलाई ३० लाख रुपैयाँ दिने भएको हो ।
सहयोग सम्बन्धी सम्झौतामा मंगलबार काठमाडौंमा एक समारोहबीच हस्ताक्षर गरिएको छ । सम्झौता अनुसार कास्की जिल्ला फुटबल संघले तीन वर्षसम्म वर्षेनि फुटबल प्रतियोगिता गर्नुपर्ने छ ।
प्रतियोगिताको नाम मनकामना केबुलकार पोखरा कप राखिने कास्की जिल्ला फुटबल संघका अध्यक्ष धर्मबहादुर लामिछानेले बताउनुभयो । 

0 comments for " कास्की जिल्ला फुटबल संघलाई ३० लाख दिने"

Leave a reply

    Popular Posts

    Blog Archive