Published On:Tuesday, November 11, 2014
Posted by dadad
बहुमतबाट माघ ८ मा संविधान : ओली
काठमाडौं, कात्तिक २५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नका लागि कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
न गर्दै उहाँले सहमति नभए दुई तिहाइ बहुमतका आधारमा संविधान जारी गर्ने बताउनुभयो । उहाँले एकीकृत नेकपा माओवादी लगायतका दलहरुले विरोध गरेको भरमा संविधान निर्माणको काम नरोकिने बताउनुभयो ।
उहाँले संविधान बनाउनकै लागि नागरिकले नेपाली कांग्रेस र नेकपा एमालेलाई दुई तिहाइ मत दिएको भन्दै नागरिकको मत खेर जान नदिने बताउनुभयो । उहाँले संविधानमा सर्वसम्मति जुटाउन सम्भव नरहेको बताउँदै दुई तिहाइ बहुमतका आधारमा संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टीका नेता माधवकुमार नेपाललाई स्वार्थी नेताको संज्ञा दिँदै नेपाललाई साथ नदिन अनेरास्ववियुका कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले नेता नेपालले आफ्नो स्वार्थ पूरा गर्नका लागि पार्टीमा असहमतिका बुँदा पेश गरेको भन्दै पार्टीलाई कुनै हालतमा स्वार्थको गठजोड हुन नदिने बताउनुभयो ।



