Published On:Tuesday, November 11, 2014
Posted by dadad

चलचित्र ‘अलबिदा’को गीत सार्वजनिक

कात्तिक २५  – यहि पौष २५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अलबिदा’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आर्यन सिग्देल र अनिता आचार्यलाई फिचरिंग गरिएको छ ।

सुक गुरूङको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको यस गीतमा तारा प्रकाश रजिना रिमालले कर्णप्रिय स्वर दिएका छन् । ‘जिन्दगिको दुइ पल’बोलको सो गीतलाई अहिलेका चर्चित तथा व्यस्त करियोग्राफर रामजी लामिछाने करियोग्राफी गरेका छन् ।अधिकांश सिनेमामा चकलेटी प्रेमीको भूमिकामा देखिएका आर्यन सिग्देललाई चलचित्र ‘अलबिदा’मा एक्सन र बिल्कुलै नयाँ भूमिकामा देखाउना खोजिएको छ ।

चलचित्रमा आर्यनका अलाबा अनिता आचार्य, हसनराजा खानको मुख्य भूमिका देखा पर्दैछन् ।मुस्लिम र हिन्दू समुदायको कथा भिन्न सामाजिक संस्कार र परम्परा भएका तीन पात्र र उनिहरु बीचको त्रिकोणात्मक प्रेमकथालाई उठान गरि निर्माण गरिएको चलचित्र ‘अलबिदा’लाई लक्ष्मण रिजालको निर्देशन गरेका हुन् ।

0 comments for "चलचित्र ‘अलबिदा’को गीत सार्वजनिक"

Leave a reply

    Popular Posts

    Blog Archive