Published On:Thursday, November 6, 2014
Posted by dadad

दक्षिण सुडानमा भएको द्धन्दप्रती संयुक्त राष्ट्र संघको निन्दा

२० कार्तिक, संयुक्त राष्ट्र संघ । दक्षिण सुडानमा सरकार र विद्रोहीबीच पुनः सुरु भएको द्वन्द्वको संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले बुधबार कडा शब्दमा निन्दा गरेको छ । सुडान पिपुल्स लिबेरसन सैनिक (एसपीएलए) र विपक्षी सैनिकबीच पुनः सुरु भएको यस द्वन्द्वले पहिलेदेखि नै यथावत रहेको गम्भीर मानवीय संकटलाई झन बढाएको जनाइएको छ

युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै सुरु भएको यस द्वन्द्वबाट सर्वसाधारण नागरिक हताहत भएका, शान्ति र राजनीतिक प्रक्रियाको लागि सरकार र विद्रोही दुवै पक्षबाट गरिएको युद्धविरामको सम्झौता उल्लङ्घन भएको प्रमाणित भएको परिषद्को अध्यक्ष ग्यान किनलानद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएका छ ।
  
दक्षिणी सुडानका लागि संयुक्त राष्ट्र संघीय मिसन (युएनएमआइएसएस) का अनुसार दक्षिण सुडानमा जारी द्वन्द्वबाट यसअघि नै १८ लाखभन्दा बढी व्यक्ति विस्थापित भइसकेका छन् । सुरक्षा परिषद् सदस्यहरूले हाल जारी सबै हिंसा तत्काल रोकिनुपर्ने जोडदार माग गरेका छन् । सिन्ह्वा

0 comments for "दक्षिण सुडानमा भएको द्धन्दप्रती संयुक्त राष्ट्र संघको निन्दा"

Leave a reply

    Popular Posts

    Blog Archive