Published On:Thursday, November 6, 2014
Posted by dadad
चीनमा प्राकृतिक प्रकोपबाट २९ को मृत्यु
२० कार्तिक, बेइजिङ । चीनमा गत अक्टोबर महिनामा जारी रहेको प्राकृतिक प्रकोपबाट २९ व्यक्तिको ज्यान गएको समाचार छ । सो अवधिभरी ८.११ अर्ब युआन बराबरको नोक्सानी भएको सरकारद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । उक्त प्रकोपबाट आठ हजारभन्दा बढी घरहरू ध्वस्त भएको जनाइएको छ ।
त्यसैगरी अक्टोबर महिनामा तीन लाख ३५ हजार ७०० हेक्टर जमिन सो प्रकोपहरूबाट प्रभावित भएको जनाइएको छ । अक्टोबर महिनामा जारी रहेको सो प्राकृतिक प्रकोपमा भूकम्प, बाढी, कडा चिसो, पहिरो र जङ्गल आगलागी जस्ता रहेका छन् । सिन्ह्वा


