Published On:Thursday, November 6, 2014
Posted by dadad
गोरखकाली टायर कम्पनीमै थन्कियो
२० कार्तिक, गोरखा । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा गोरखकाली रबर उद्योगमा उत्पादन भएको टायरको बिक्री ठप्प भएको छ । उद्योगले ट्युवलेस (रेडियल) टायर उत्पादन गर्न नसक्दा टायर बिक्रीमा समस्या उत्पन्न भएको बताईएको छ ।गोरखकाली टायरको भन्दा भारतीय टायरको मूल्य सस्तो भएपछि बिक्री ठप्प भएको उद्योगका निमित्त महाप्रबन्धक कामेश्वर यादवले बताए । टायर उत्पादन गर्ने नेपालको एकमात्र उद्योग गोरखकाली रबर उद्योगले अहिलेसम्म वायस नाउँको टायर मात्रै उत्पादन गर्दै आएको छ ।
उद्योगले उत्पादन गरेको करिब दुई हजारवटा टायर बिक्री नभएपछि स्टोरमा राखिएको छ । कच्चा पदार्थ खरिद गर्दा निश्चित प्रतिशत उत्पादन भएको टायर बिक्री गरेपछि मात्रै खरिद गर्न पाउने नियम छ ।



