Published On:Wednesday, November 12, 2014
Posted by dadad
कपिलबस्तुको जंगलमा के हुँदै छ माओवादी सचिव चन्दको गोप्य भेलामा !
२६ कार्तिक, कपिलबस्तु । पार्टीको नेतृत्व निर्देशन विपरित नेकपा माओवादीका सचिप नेत्रविक्रम चन्दले कपिलबस्तुको शिवगढी गाविस वडा नं. ९ विजगौरीमा २ दिने गोप्य भेला आयोजना गरेका छन् ।विजगौरीबाट करीब १५ किलोमीटरको दुरीमा जंगलको विचमा भैरहेको भेलामा ४१ जिल्लाका कार्यकर्ताहरुको सहभागीता रहेको बुझिएको छ ।
भेला स्थल वरपर कार्यकर्ताहरुको कडा सुरक्षा रहेको भने सो स्थानमा सुरक्षाकर्मी र पत्रकारहरुको पहुंच पुग्न सकेको छैन । भेलाबाट चन्द पक्षले पार्टीको आगामी कार्यदिशा तय गर्ने बताईएको छ । भेलाको सुचनाबारो गोप्य रुपमा थाहा पाएपनि भेला र भेला भएको स्थान बारे प्रहरीले कुनै जानकारी पाउन नसकेको बताईएको छ ।
भेलामा पार्टी केन्द्रिय नेताहरु खड्क बहादुर बि.क., उमा भूजेल, सन्तोष बुढामगर, भेषराज भूषाल, चन्द्र बहादुर चन्द अन्य केन्द्रिय नेता तथा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति छ । पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेका नेत्रविक्रम चन्दले राष्ट्रिय भेला बोलाएपछि औपचारिक पार्टी विभाजनको अनुमान गरिएको छ ।


