Published On:Friday, November 7, 2014
Posted by dadad
निर्देशक आलोकको पशुपतिमा अन्त्येष्टि
२१ कार्तिक, काठमाडौं । बिहीबार साँझ काठमाडौं धापासी ग्रान्डीभिल्ला स्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला परेको चलचित्र निर्देशक आलोक नेम्वाङको अन्त्येष्टि गरिएको छ ।
चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोकको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।
आलोकलाई उनका काकाले दागबत्ती दिएका हुन् । आर्यघाट लानुअघि नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल तथा कलाकारहरुको उपस्थिति थियो । चलचित्र नुवाफूङमा प्रमुख भूमिकामा अभिनय गरेका नेम्वाङले नविन के भट्टराईको ‘लाखौँ पटक मैले’ बोलको म्युजिक भिडियोबाट निर्देशन यात्रा प्रारम्भ गरेका हुन् ।
उनले निर्देशन गरेका चलचित्र ‘सानो संसार’ र ‘कोही मेरो’ (चलचित्र) तथा ‘कसको आँखा लाग्यो बरै’, ‘न बिर्से तिमीलाई न पाएँ मितिलाई’, सान्नानी तिमीलाई, र आखाँभरि आँशु किन....लगायतका म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् । उनले निर्देशन गरेका चलचित्र ‘अझै पनि’ आगामी फागुन दोस्रो साताबाट प्रदर्शन हुँदै छ ।

.jpg)

