अब महिलाहरुले पनि उठेरै पिसाब फेर्न पाउने

Posted by dadad | Saturday, June 6, 2015 | Posted in

Pee_Buddyप्रकृतिले नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी खोज्नुपर्यो कि त ट्वाइलेट नै ।

अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा झेल्ने ।

तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो ।
यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।

भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।

दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।

कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि निकै उपयोगी हुने देखिएको छ ।

पश्चिमा देशहरुमा पि बडी जस्ता उपकरण सजिलैसँग पाइने भएपनि भारतमा भने यस्तो उपकरण पहिलोपटक उत्पादन गरिएको हो र यो अहिले केही पसल तथा अनलाइनमा समेत उपलब्ध छ ।

बीबीसी लेख्छ( अब उठेरै पिसाब फेर्ने स्वतन्त्रता केवल पुरुषहरुसँग मात्र होइन महिलासँग पनि उपलब्ध छ । तर फरक यत्ति हो की यो स्वतन्त्रताको उपभोग गर्ने क्रममा केही पुरुषहरु शौचालयमा मात्र होइन कहिलेकाहीँ भित्तो तथा पर्खाललाई पनि सिकार बनाउँछन् ।’
प्रकृतिले नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी खोज्नुपर्यो कि त ट्वाइलेट नै ।
अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा झेल्ने ।
तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो ।
यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।
भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।
दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।
कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि निकै उपयोगी हुने देखिएको छ ।
पश्चिमा देशहरुमा पि बडी जस्ता उपकरण सजिलैसँग पाइने भएपनि भारतमा भने यस्तो उपकरण पहिलोपटक उत्पादन गरिएको हो र यो अहिले केही पसल तथा अनलाइनमा समेत उपलब्ध छ ।
बीबीसी लेख्छ- अब उठेरै पिसाब फेर्ने स्वतन्त्रता केवल पुरुषहरुसँग मात्र होइन महिलासँग पनि उपलब्ध छ । तर फरक यत्ति हो की यो स्वतन्त्रताको उपभोग गर्ने क्रममा केही पुरुषहरु शौचालयमा मात्र होइन कहिलेकाहीँ भित्तो तथा पर्खाललाई पनि सिकार बनाउँछन् ।’
- See more at: http://www.onlinekhabar.com/2015/06/285413/#sthash.2QVSzajR.dpuf

हो अामा, म पानीपुरी बेच्ने युवकलाई मन पराउँछु

Posted by dadad | | Posted in

सेतोपाटीबाट 
पूजनीय ममतामयी आमा
सास्टांग डण्डवत्।
 
आश्चार्य लाग्ला हजुरलाई दैनिक फोन कल र भिडियो कलमा के कुरा बाँकि रह्यो र! यो प्रविधिको जमानामा पनि घण्टौं लगाएर लेख्न र महिनौपछि हात पर्ने चिठ्ठी लेखी छोरीले भनेर।
 
फोनमा गरि साध्य नहुने यौटा लामो कथा र हजुरसँग प्रत्यक्ष राख्न बोल्न नसक्ने एउटा बिन्ती, अनुरोध या माग, पत्र मार्फत हजुरसामु पेश गर्ने साहस जाग्यो। 
 
यो कोलाहल अनि व्यस्त शहरको बीचमा रहेको यो विकसित भवनको आठौं तलाको सुनसान कोठाको टेबलमाथि श्वेत पानामा निलो मसीले मनका संवेगहरू लिपिबद्ध गर्दै सपनाको विशाल आकाशमा एकतमासले उडिरहेकी छु।
 
आमा,
उच्च शिक्षा अध्ययनको लागि सदरमुकाम लागेको पनि यो वैशाख महिनामा आठ  वर्ष  भएछ। स्कुले जीवनमा होस या त कलेज जीवनमा, हार कहिल्यै बेहोर्नु परेन।  यो कुरा त मलाईभन्दा पनि हजुरलाइ प्रष्ट थाहा छ नै आफ्नो छोरीको प्रगति। यति बेला हजुरहरूकै साथ हौसला र सहयोग र आशिर्वादले मास्टर लेबलको पढाई सकेर थेसिस लेखनमा व्यस्त छु। पहिलाको जस्तै व्यस्त भने त्यति छैन त्यसैले होला साथीहरूसँग घुम्न फिर्न निक्लन्छु अचेल एकाध समय।
 
हामी केटीहरू यो पानी पुरी र चटपटे भनेपछि केटाहरूको तुलनामा किन यति हुरुक्क हुन्छौँ, मलाइ थाहा छैन। अमिलो चटपटे खाने बानी त बालापनदेखि कै हो। यहाँ आएपश्चात जब साथीहरूसँग बाहिर घुम्न निक्लन थालें। पानीपुरी र चटपटे असाध्यै खान थालेकी छु।
 
यतिका वर्षको यो अवधिमा करिब पाँच महिना यता मात्र म यहाँको प्राचीन तथा पुरातात्विक वस्तु, धार्मिक तथा एतिहासिक वस्तु, रमणीय ठाउँ, गुरु तथा विद्यार्थी साथीहरूसँगसँगै आम नागरिकसँग घुलमिल, चिनजान र परिचित हुँदैछु। यसै क्रममा एकदमै छिटो घुल्मिल भएँ-  शहरमा एक म जस्तै अजनवी रूप रसाइलीसँग।
 
हो आमा, म आज हजुरलाई रूपको बारेमा केही कुरा बताउन चाहन्छु। रूपसँग मेरो पहिलो चिनजान पानीपुरी खाँदा भएको हो। सधैँजसो फुर्सदमा पानीपुरी खान जाँदा  हामी एक अर्कामा धेरै कुराहरू साटासाट गर्न थाल्यौं। 
 
आमा,
रूप एक गरिब तथा किसान परिवारमा जन्मिएका रहेछन्। हाम्रो समाजले मान्छेलाइ पनि उचो र निच भन्दै विभिन्न जातजातिमा धेरै पहिला देखि नै विभाजन गरेको छ। त्यसै अन्तरगत भनु न रूप पिछडिएको वर्ग वा अझ खुलस्त भन्नुपर्दा कथित् हाम्रो समाजले तल्लो जातिको बिल्ला भिराइदिएको एक युवा हुन्। तर मलाई लाग्दैन उनी कुनै तल्लो या पराई जातका मानिस हुन्। उनी त हामी जस्तै रातो रगत, अटल विचार  गहिरो भावना भएका व्यक्ति हुन्।
 
घरको आय स्तरले नधानेपछि आफ्नो पढाइलाई बिचैमा टुंग्याएका रूप, पढाइ छोडेको पहिलो वर्ष नै िपतृ शोकमा परेछन्। दुइ बहिनीको एक्लो दाइ। घरको सम्पूर्ण जिम्मेवारी उनको काँध चढ्यो। दिनरातको मेहनतले खान नपुगेपछि उनी झोलाभरि किताब रहेको पुरानो ध्वाँसो लागेको झोलाबाट किताब फ्याँकेर शहर पसेछन्।  सदरमुकाम पसेको यो हिँउदमा दश वर्ष हुन्छ।
 
शहर पसेको तीन वर्षपछि हिमपहिरोमा परी आमा र एक बहिनीको पत्तो खबर नपाएका रूप कान्छी बहिनी मात्र लिएर पुन: केही दिनमै शहर फर्केर पुरानै कामकाजमा निरन्तर लागिरहेका छन्। सानी बहिनीलाइ पढाईरहेका छन्। यो महंगो शहरमा गुजारिरहेका छन्।
 
सुरुमा एक होटलमा भाँडा माझ्ने कामबाट शहर बसाइँ सुरु गरेका रूप, बहिनी लिएर शहर आएपछि एक कोठा भाडामा लिएर अर्को नयाँ कामको खोजीमा हिँडेछन्। निकै समय लगाएर राष्ट्रिय दैनिक पत्रिका बेच्ने काम पाएछन्। कमाई त्यति राम्रो वा सन्तोषजनक नभएपनि उनलाई त्यो काम साह्रै मन परेछ। 
 
पहिलो वर्ष यतिकै अल्मलिएकी बहिनाई दोस्रो वर्षदेखि पायक पर्ने नजिकको विद्यालयमा भर्ना गरिदिएछन् । बहिनीको पढाई अत्यन्तै राम्रो र निरन्तर अघि बढिरहेको छ। पत्रिका बेच्ने काम मन पर्दो भएपनि काम दिनभर नहुने केवल बिहानपख मात्र।  सुरु सुरुमा नबिकेका पत्रिका अन्तमा आफैले पुरै पढेर दिन गुजार्ने रूप, पत्रिकामा साहित्य पाटो नै उनको त्यो पेशालाइ थामिरहने पुल बनेको रहेछ। साहित्य पढ्न अत्यन्तै रूचि भएका उनी आफू पनि सानोमा बाल कविता लेखेर पुरस्कार पाएको सम्झँदै कविता कोर्न थालेका रहेछन्।
 
उनले यो समाजको बारेमा राम्ररी बुझेका छन्। आफ्नै नाममा दिएँ भने पत्रिकाले नछाप्ला भनेर उनी 'पुछारघरे साइली' नामबाट कविता पठाउन थालेछन्  हुलाकबाट। आफै बेच्ने पत्रिकामा आफ्नै कविता उपनामबाट छापिदा खुसी हुँदै काम सम्हाली रहेछन्।
 
त्यो कामले मात्र गुजरा नचल्ने भएपछि उनी पत्रिका बेचिसकेपछि रहेको बाँकी बचेको समय के गर्ने त भनेर सोचिरहँदा एकदिन गर्मीको समयलाइ मध्य नजर राख्दै दिनमा बरफ बेच्न थालेछन्।  बरफ एकदमै फापेछ उनलाइ, राम्रो कमाई हुनुको साथै बाँकि पत्रिका पनि बरफ सँगै बिक्न थालेछ। तर बरफ पनि दिउँसो चार बजे पछि खासै नबिकेपछि उनी अझै समय खाली रहेकोमा चिन्ता गरिरहे कसरी यॊ समय सदुपयोग गर्ने भनेर।
 
सानै भएपनि पढाइसँगै बहिनीले खानपान र कोठा लुगाफाटा सफाई गर्नमा सहयोग गर्ने रहेछिन्। चाहिने सरसमान चिजबिज खरिद्ने भनेको नै रूप,  सबै खर्च कटाएर बजेको पैसाले एउटा ठेलागाडा किनेर पाँच बजे पछाडिको समयमा बहिनीको पनि सहयोग लिएर तीन वर्ष यता निरन्तर म:म:, पानी पुरी, जेरी, चटपटे बेच्न थालेका रहेछन्।
 
हो, यसै क्रममा करिब पाँच महिना अगाडि चटपटे खाँन जाँदा निरन्तर हाम्रो भेटमा हुने कुराकानीले मलाई औधि नजिक बनाएको छ। एक दिन पनि उनको हातको पानी पुरी र चटपटे नखाए निन्द्रा पटक्कै लाग्दैन।
 
आमा,
रूप मभन्दा करिब २ वर्षले जेठो युवक हो । बिहान पत्रिका बेच्ने, दिनमा कहाँ कहाँ पुगेर बरफ बेच्ने र विद्यार्थीहरूलाइ लक्षित गर्दै साँझमा पानी पुरी बेचेर ब्यस्त रहन्छन् त्यति मात्र कहाँ हो र एक छिन् फुर्सद मिल्यो कि कविता, गजल गीत मुक्तक लेख्छन् र 'पुछारघरे साइली' नामबाट आफैंले बेच्ने पत्रिकामा छपाउँछन्। पछिल्लो समयमा म उनको साहित्यको नियमित पाठक बनेको छु। चटपटे , पानी पुरी जस्तै एक दैनिकी बनेको छ उनको साहित्य पढ्ने। उसै त म पनि अंग्रेजी विषयको विद्यार्थी भएता पनि नेपाली साहित्य लेखनमा रूचि राख्छु, लेख्छु तर विल्कुलै कम लेख्छु, जब रूपलाइ भेटें मेरो साहित्य लेखन पनि बढेको छ किन कि उनी मलाइ लेख्न प्रेरित गर्छन् । मैले पनि केही कविता गजल लेखेर उनलाइ बुझाउँछु देखाउँछु मलाइ लेख्न कति गाह्रो हुन्छ, कति समय लाग्छ, उनि सजिलै दोष देखाउँछन्, वास्तवमा पढाइकै कुरा गर्ने हो भने म उनी भन्दा दोब्बर तेब्बर पढेकी छु।
 
आमा,
यस्ता प्रतिभावान धैर्यवान लगनशील मान्छेको जीवनमा भगवानको पनि आँखा लाग्दो रहेछ क्यार। पढाइमा अति तेज उनको सानी बहिनीलाई डाक्टरले ब्रेन ट्युमर भएको जानकारी गराएछन् र रोग पनि छिप्पिसकेको बताएछन् । डाक्टरको भनाइअनुसार उनी अब धेरै बेर बाँच्दिनन्।
 
यो कुरा हिजो मात्र मलाई उनले आफ्नो कोठामा आउन निम्तो दिएपछि जाँदा सुटुक्क बताए। बिचरा ती राम्री उज्यालो चेहेरा भएकी बहिनीले हँसिलो मुहारमा चिया बनाएर र दिइन्। मैले उनको अबोध मुस्कानमा मृत्युका अनिश्चित मिति पढें।
 
अब बहिनीलाइ धेरै पढाउने उनको सपना चकनाचुर भएको छ। आफू पनि कमाएर बहिनीको  बिहेपश्चात पढ्ने चाहना रहेछ। र कवि बन्ने इच्छा रहेछ। के का लागि म यो सब दौडधुप गरूँ,  मेरो बाच्ने आधार नै रहन्न भने भन्दै आँखाभरि आँशु लिए। बहिनीको उपचार गर्न नसके पनि आफ्ने बर्कतले जे भ्याउँछ, सकेसम्म गर्ने प्रतिबद्धा जनाइरहँदा मलाइ एउटा निवेदन चढाए।
 
आफूले बेच्ने पत्रिकाको कम्पनिमा गएर 'पुछारघरे साइली' बनेर आफ्नो सिर्जनाको रोयल्टी लिईदिन। जुन पैसा जति आउँछ त्यति र बाँकी जम्मा गरेको पैसा बहिनीको उपचारमा खर्च गर्छु ।
उनको यो निवेदनले मेरो गहभरी आँशु बनायो अनायासै हात अगाडि बढे, र उनको आँशु पुछिदिएँ- रूप नआत्तिनु म छु नि, सब ठिक हुन्छ।
 
आमा,
हामी एक मध्यम बर्गीय परिवार, दु:ख पीडाको महसुस सम्म गर्न परेन। मेरो पढाइ वरिपरिका छिमेकीका छोराछोरीको अनुसार राम्रै छ, अब मास्टर  लेबलको नतिजामा पास भए विदेश पढ्न जाने योजना घर परिवार मेरो सबैको छ।
 
फेरि  मेरो विवाहको लागि  डाक्टर,  लेक्चर, प्रोफेसर इन्जिनियरहरू नआएका   हैनन्। बाबाले जीवनको अन्तिम घडि मेरो छोरी रूपाको बिहे गरेर मर्न पाए स्वर्गमा बास हुन्थ्यो कि भन्नु भएको थियॊ। अझै पनि सम्झना ताजा छ। तर पढाईलाइ निरन्तरता दिने भनेर नै बाबाको वचन काटें ।यस्तो लाग्छ जीवनमा बाबाको भावना बुझिनँ।  कदर गरिनँ। बाबाको वचन राख्न नसकेकोमा आफैंलाई बारबार धिक्कार पनि लाग्छ कहिलेकाहीँ।
 
आमा।
 
यति लामो पत्र कोर्नुको रहस्य हजुरलाइ थाहा भैसकेको हुनुपर्छ। यो पत्र मार्फत म हजुरलाइ एउटा बिन्ति वा निवेदन गर्न चाहान्छु आशा छ पक्कै स्वीकार्य हुन्छ। किनकि आजसम्म मैले गरेका अनुरोध सबै स्वीकार्य छन् हजुरलाई।
 
हो, आमा  रूपले सिर्जनाको रोयल्टी लिन 'पुछा घरे साइली' बन्न गरेको अनुरोधलाइ स्वीकीर्न चाहान्छु। केवल रोयल्टी लिनको लागि मात्र होइन म जीवनभरी एक सच्चा 'पुछारघरे साइली'  भएर रूपसँग जीवन बिताउन चाहन्छु। रूपको कदम-कदममा साथ दिन चाहन्छु।
 
आमा, हजुरको प्यारी छोरीको यो साहसप्रति हजुरलाई घृणा जाग्न सक्छ। तर आमा, हामीले परिवर्तन नगरे कस्ले गर्ने?, हामीले सुरु नगरे कस्ले गर्ने? हामी नै सदस्य रहेको हाम्रो कथित समाजले तल्लो जातको उपमा दिएको केही नभएको तर विशाल ह्रदय र आत्मा विश्वास भएको मेहनती, आफ्नो खुट्टा आफैं उभिएको रूपसँग म हजुरको छोरी रूपा विवाह गर्न चाहन्छु। उसका हर सपनाको सहयात्री बन्न चाहान्छु, उसको पढ्ने धोको र कवि बन्ने धोको पूरा गर्ने अठोट म गर्न चाहन्छु। मेरो यॊ सब एकल निर्णय हो । यो बारे रूपलाई केही पनि थाहा छैन, जब हजुरले हरियो झण्डा सगरमाथामा फरफराएपछि म रूपलाई मनाउने छु। शायद उसले विश्वास नगर्न पनि सक्छ तर मलाई राम्ररी बुझेको छ नत्र भने उसले आफ्नो कोठामा आउने निम्तो गर्दैनथ्यो। उसको मप्रति केही विश्वास छ पक्कै।
 
आमा, के हामी छोरीहरू छोरा मान्छेको घरको शोभा, भान्छाको स्वाद र बिस्तारामा अँगालोभरि हुनु मै सिमित रहने हो त? के हाम्रो कारणले जीवन सुन्दर बनाउन सक्दैनन्, कुनै केटा मान्छे? रूपको आफ्नै अदभूत क्षमतामा म पूर्ण साथ समर्थन दिन चाहन्छु।
 
आशा छ, मबाट सुरुवात भएको यो कार्य प्यारी आमाबाट समर्थन हुनेछ र यो समाजले सिको गर्ने छ र एकदिन सबैको रगत एकै रंगको भए जस्तै हामी पूर्ण रूपमा एक मानव र हामी एकै हौं भन्दै एक अर्काको सम्मान  र एक अर्काको परिपुरक भएर बाँच्ने छौं। सेतोपाटीबाट साभार

रचनाकार -रूप रसाइली विश्वकर्मा
घान्द्रुक ‌ फूलिवाङ

कलाकारसंग हारे नेताले

Posted by dadad | | Posted in

भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबल खेल कलाकारले जितेका छन्।
राष्ट्रपति डा रामवरण यादवद्वारा हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा उद्घाटन गरिएको प्रतियोगितामा कलाकारहरूको टोलीले राजनीतिक दलका नेताहरूको टोलीलाई ३-० गोल अन्तरले हराएको हो।
प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेता प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका थिए।

प्रधानमन्त्री कोइरालाले २५ मीनेट खेले फुटबल

Posted by dadad | | Posted in ,

एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भटराई, एमाले नेता झललाथ खनाल, माधवकुमार नेपाल नेकपा - माओवादीका अध्यक्ष मोहन बैद्य लगायतले सुरुमा नै खेले ।

२३ जेठ, काठमाडौं । भूकम्पपीडितका लागि सहयोग जुटाउन आयोजित कलाकार र नेताको फुटबल भिडन्तमा प्रमुख दलका शीर्षनेताहरुले सहभागिता जनाएका छन् ।

नेताहरुको टोलीको कप्तानी प्रधानमन्त्री सुशील कोइरालाले सम्हालेका थिए भने कलाकारको कप्तान भने मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहे ।

सशस्त्र प्रहरीको हलचौक मैदानमा राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीलाई बल हस्तान्तरण गरे । लगत्तै प्रमुख दलका शीर्ष नेताहरुले नै प्लेइङ ११ मा रहेर खेले ।

प्रधानमन्त्री कोइरालासँगै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भटराई, एमाले नेता झललाथ खनाल, माधवकुमार नेपाल नेकपा - माओवादीका अध्यक्ष मोहन बैद्य लगायतले सुरुमा नै खेले ।

एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्ड झण्डै ५ मिनेटमा नै मैदानबाट बाहिरिए । तर, प्रधानमन्त्री कोइरालाले भने झण्डै २५ मिनेट मैदानमा बिताएका छन् ।

खेल कलाकारहरूको टोलीले ३-० ले जितेको छ । खेलको आयोजना नयाँ पत्रिका दैनिकले गराएको हो

सरकार र नीजि विद्यालयलाई विद्यार्थी संगठनको ३ दिने अल्टिमेटम !

Posted by dadad | | Posted in

प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले विनाशकारी भूकम्पपछि पढाई नभएको समयको सुल्क मिनाह गर्न ३ दिने अल्टिमेटम दिएका छन् । ३ दिनभित्र सुल्क मिनाह नगरिए शसक्त आन्दोलनमा उत्रने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।

शनिबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले विना सर्त बिदाको समयको सुल्क मिनाह गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । यसअघि नीजि विद्यालयहरुले घर भाडा, शिक्षक तलब लगायत बहाना बनाउदै बिदाको समयको पनि सुल्क लिने औपचारिक निर्णय गरेको थियो । 

बिदाको समयको पढाई अन्य बिदामा कट्टा गरेर भएपनि सुल्क असुल्ने मनस्थितिमा नीजि विद्यालयहरु पुगेका थिए ।

वैशाख ६ गतेको १० बुँदी सहमति
विद्यार्थी संगठनहरुले वैशाख ६ गते भएको विद्यार्थी संगठन, शिक्षा मन्त्रालय, व्याब्सन र एनप्याब्सनबीच भएको १० बुँदे सहमति तत्काल कार्यन्वयन गर्न पनि भनेको छ । ३ दिनभित्र सहमति कार्यन्वयन नभए आफुहरु कडा भन्दा कडा आन्दोलनमा होमिन बाध्य हुने विद्यार्थी नेताहरुको चेतावनी छ । यसअघि पनि नीजि शैक्षिक संस्थाहरुले आफु खुसी शुल्क बृद्धि गर्न लागेपनि विद्यार्थी संगठनले १० बुँदे सहमति गरेको थियो ।

आफु खुसी शिक्षण नगर्नु
विद्यार्थी संगठनहरुले भूकम्पले प्रभावित जिल्लाका विद्यालयहरुमा आफुखुसी पठनपाठन गराएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्राविधिक टोलीले भवन ठिक छ भनेर नभनेसम्म कुनै पनि शिक्षण सिकाई क्रियाकलाप नगर्न र नगराउन विद्यार्थी संगठनहरुको आग्रह छ । नेपाल सरकारबाट मान्यता प्राप्त टोलीले निरिक्षण गरेपछि मर्मत गरेर मात्रै पठन पाठन सुचारु गराउन विद्यार्थी संगठनहरुले भनेका छन् ।

आवास सहित निःशुल्क पठनपाठनको माग
विनाशकारी भूकम्पले अत्ति प्रभावित जिल्लाका कत्तिपय बालबालिकाहरु घरबारबीहिन छन् । कत्तिपय भने अभिभावक विहीन भएका छन् । त्यस्ता बालबालिकाहरु त्यति सजिलै विद्यालय प्रवेश गर्ने सम्भावना निक्कै कम छ । उनीहरुलाई सहज रुपमा विद्यालय जाने वातावरण बनाउन विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेको छ ।

शनिबार बैठकपछि एक विज्ञप्ती निकालेर विद्यार्थी नेताहरुले आवास सहित निःशुल्क शिक्षा दिनुपर्ने सरकारसँग माग गरेका छन् । शिक्षा मन्त्रालयले त्यसको प्रवन्द्ध उचित रुपमा व्यवस्थथापन गर्नुपर्ने विद्यार्थी संगठनहरुको तर्क छ ।

२९० जना कहाँ हराए ?

Posted by dadad | Friday, June 5, 2015 | Posted in ,

२३ जेठ, काठमाण्डौ । भूकम्प आएको एक महिना नाघिसक्यो । अझै करिब ३ सय मानिसको अत्तोपत्तो छैन् ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकासहित भूकम्प प्रभावित जिल्लाहरुबाट हराएका १२ सय १० जनाको अझै पत्तो छैन् । वेपत्ता भएका ८० विदेशी नागरिकसमेत जोड्दा यो संख्या २ सय ९० हुन आउँछ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रहरी प्रधान कार्यालयको विवरण अनुसार सबैभन्दा बढी रसुवाबाट ९० जना हराएका छन्

नागरिकका सम्पादक, प्रधानमन्त्रीको प्रेस सल्लाहकार

Posted by my storry | | Posted in , ,

२२ जेठ, 
केही दिन अघि मात्रै नागरिक दैनिक छाडेका प्रतिक प्रधान प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकारमा पत्रकार प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको हो । 
एक वर्ष भन्दा लामो समयसम्म प्रेस संयोजक मात्रै नियुक्त गरेका प्रधानमन्त्री कोईरालाले पत्रकारीतामा अब्बल प्रधानलाई प्रेस सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । 
प्रधानमन्त्रीको प्रेस संयोजकमा प्रकाश अधिकारी पहिलेनै नियुक्त भैसकेका थिए ।

    Popular Posts