Posted by dadad | Monday, June 1, 2015 |
Posted in
Politic,
पत्रपत्रिका

१९ जेठ, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लागि समझदारी भएको छ । एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो ।
गणेश शेर्पाले आफ्नो ३५ वर्षसम्म नागरिता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजुरी दिएका थिए । एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले गणेश र कृपासुरको नाताबारे चासो राखेको नयाँ पत्रिकामा खबर छ ।
स्रोतका अनुसार ओलीले आफ्नो निवासमा कृपासुर र गणेशलाई भेटेर सम्बन्धबारे जानकारी लिएका थिए । उपाध्यक्ष विद्या भण्डारीले पनि मन्त्री शेर्पासँग जानकारी मागेकी थिइन् । ओली र भण्डारीसँग भेटमा मन्त्री कृपासुरले गणेशसँगको सम्बन्ध स्वीकार गरेको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कृपासुर र गणेशबीच पनि संवाद भएको छ ।
एमालेका एक स्थायी समिति सदस्यका अनुसार सोमबार बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष भण्डारीले गणेशको निवदेनमाथि छलफल गर्न माग गरेकी थिइन् । उनको मागपछि यो विषयमा मंगलबार बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने सहमति भएको ती सदस्यले जानकारी दिए ।
Posted by dadad | |
Posted in
Image

म्यानमार को नेपाली राजदूतावासमा स्वर्गिय राजा वीरेन्द्र । दरबार
हत्याकाण्ड भएको लामो समय भइसक्दा पनि हत्यारा पत्ता लगाउन सकिएको छैन् ।
Posted by dadad | |
Posted in
National,
पत्रपत्रिका

१९ जेठ, काठमाण्डौ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारको मातहत रहेर वा सरकारले तोकेको
मापदण्डमा मात्र सहयोगका काम गर्न पाउने भएका छन् । आफूखुशी सहयोग गर्ने
कारबाहीमा पर्नेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।
कसले, कहाँ, कसका लागि, के सहयोग गरे भन्ने जानकारी हुन छाडेपछि सरकार
निर्देशिकै बनाएर एकद्वार नीतिमा लागेको हो । गैरसरकारी निकायहरुलाई
सरकारको मापदण्डबाहिर जान बन्देज लगाउने निर्णय एक साताअघि मन्त्रिपरिषदले
पास गरिसकेको छ । तर लागू शुक्रबारदेखि हुनेछ ।
अब दाताले मापदण्डमा काम गरेर सरकारलाई हस्तान्तरण गर्ने र दुवै पक्ष भएर
सर्वसाधारणलाई बुझाउने कार्यविधि अपनाइने अधिकारीहरुले बताए । ‘जथाभावी हुन
नदिन यस्तो तयारी सरकारले गरेको हो । आफूखुशी कुनै स्थानमा गएर सहयोग गर्न
अबका दिनमा पाइदैन’, अर्थ मन्त्रालय बैदेशिक सहायता महाशाखा प्रमुख मधु
मरासिनीले भने, ‘सरकारले तोकेको स्थानमा मात्र जानुपर्ने हुन्छ ।’
Posted by dadad | |
Posted in
National,
पत्रपत्रिका
१९ जेठ, काठमाण्डौ । सोमबार काठमाडौंमा अंग्रेजी वर्ष २०१२ पछिकै सबैभन्दा बढी गर्मी दिन साबित भयो । कान्तिपुर दैनिकमा समाचार छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले सोमवार (१
जुनमा) काठमाडौंमा ३३.५ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको र त्यो तीन
वर्षपछिको सबैभन्दा बढी भएको बताए ।
सोमवार काठमाडौंभन्दा विराटनगर सित्तल रह्यो । विराटनगरमा सोमवार ३१.६
डिग्रिसेल्यिसयस तापक्रम रेकर्ड भएको महाशाखाले उल्लेख गरेको छ । पश्चिम
नेपालमा झण्डै दुई साताअघिदेखि गर्मी बढेपनि गत सातासम्म काठमाडौं सित्तलै
थियो । शनिवार र आइतबार पनि काठमाडौंको तापक्रम ३३ डिग्रिकै हाराहारीमा
थियो ।
Posted by dadad | |
Posted in
Samachar,
पत्रपत्रिका
१९ जेठ, काठमाण्डौ । राजधानीको जमलपछाडि डेरा लिएर बस्दै आएकी गोरखाकी ३० वर्षीया मीना
छिनाललाई आफ्नो कोठामा जान घरबेटीको डर छ । टुँडिखेलमा बस्दै आएकी उनी १२
गतेको भुँइचालोपछि मुस्किलले २ पटक कोठामा पुगिन् । चर्केको घर, साँघुरो
कोठा र भाग्ने ठाउँ कतै नभएको ठाउँमा ५ महिनाको काखे बच्चा लिएर कोठामा
बस्ने आँट नआएको उनी बताउँछिन् । कान्तिपुर दैनिकमा समाचार छ ।
‘बच्चालाई खुवाउने दुधको बट्टा कोठामै छुटेकाले लिन गएकी थिएँ,’ उनले
भनिन्, ‘घरबेटी आएर भाडा देऊ, नत्र कोठाको केही सामान झिक्न पाइँदैन भन्दै
तथानाम गाली गर्न थालिन् ।ऋण खोजेरै भएपनि तपाईको भाडा तिर्छु भन्दा ‘२
महिनाको भाडा चाहियो नत्र निक्लेर जा’ भन्छिन् ।’
छिनालका श्रीमान सुन्दर गलैचा उद्योगमा काम गर्थे । भुँइचालो आएपछि
उद्योगै बन्द भयो । ‘उद्योग खुल्यो कि भनेर श्रीमान् बेलाबेला बालाजुमा
रहेको उद्योग गइरहनुहुन्छ,’ उनी सुनाउँछिन्, ‘आइतबार बेलुकासम्म खुलेको छैन
।’ खाना खर्चसमेत जुटाउन नसकेका बेला भाडा तिर्न नसकेको उनले बताइन् ।
भुकम्पपछि किर्तिपुरमा बस्दै आएका उमेश सुवेदीलाई घरबेटीले कोठा छाड्न
दबाब दिए । केही समय कोठा नपाउन्जेलका लागि बस्न दिन अनुरोध गर्दा तुच्छ
शब्द प्रयोग गर्दै गाली गरेपछि सुबेदीले प्रहरीमा निवेदन दिएका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालमानवीय संवेदना बुझेर
सम्पूर्ण घरबेटीलाई एक महिनाको भाडा मिनाहा गरिदिन अनुरोध गर्ने तयारी
भइरहेको बताउँछन् ।
Posted by dadad | |
Posted in
Main News,
पत्रपत्रिका
१९ जेठ, काठमाण्डौ । राष्ट्रिय योजना आयोगले भूकम्पपछि संरचना पुनर्निर्माणका लागि सरकारलाई
चारवटा विकल्प दिने भएको छ। आयोगका सदस्य चन्द्रमणि अधिकारीले भूकम्पपछि
पुनर्निर्माणमा कस्तो संरचना बनाउने भन्ने विषयमा विभिन्न विकल्प तयार भएको
बताए। नागरिक दैनिकमा समाचार छ ।
'कस्तो बनाउने भन्ने विषयमा हामीले थालेको छलफलमा चार विकल्प आएका छन्,'
अधिकारीले नागरिकसँग भने, 'सुझावसहित चारवटै विकल्प प्रधानमन्त्रीलाई
दिन्छौं, कुन उचित हुन्छ सरकारले त्यही गर्छ।'
अधिकारीका अनुसार पहिलो विकल्प हाल भएका मन्त्रालयलाई नै सुदृढीकरण गरेर
प्रभावकारी बनाउने र हालकै संरचनामार्फत काम गराउने रहेको छ।
त्यसका लागि कानुन परिमार्जन गरी विकास निर्माणका कामलाई छिटो, छरितो र
प्रभावकारी बनाउन सकिन्छ जसमा हाल कायम मन्त्रालयले नै आफ्नो क्षेत्रगत
हिसाबले पुनर्निर्माणको काम गर्नेछन्।
दोस्रो विकल्प विपत व्यवस्थापनका लागि छुट्टै मन्त्रालय खडा गर्ने रहेको छ।
मन्त्रालयमा मन्त्री, सचिव लगायतका संगठन संरचना तयार हुनेछन्। त्यसले
विपतपछिको उद्धार र राहतको काम गर्नेछ। विपतका क्रममा क्षति पुगेका भौतिक
संरचनाको पुनर्निर्माणको काम पनि त्यसैलाई दिइनेछ।
Posted by dadad | |
Posted in
Main News
काठमाडौँ, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित
मूल्यअनुसार आजबाट मूल्य बढाएकामा तत्काल आन्तरिक छलफल गरी बढाइसकेको मूल्य
फिर्ता लिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको
मूल्यवृद्धि भएपछि सोही अनुसार आजबाट बढाउने निर्णय गरिएतापनि हालैको
भूकम्पका कारण सबैतिरबाट राहत उपलब्ध भइरहेका बेला जनतामा नकारात्मक असर
पर्नसक्ने देखिएकाले मूल्यवृद्धि फिर्ता लिएको निगमका प्रवक्ता मुकुन्द
घिमिरेले जानकारी दिनुभयो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा
प्रतिलिटर रु दुई बढाएको र खाना पकाउने ग्याँस र हवाई इन्धनमा भने
मूल्यवृद्धि नगरिएको जनाएको छ ।
प्रवक्ता घिमिरेका अनुसार अन्तर्राष्ट्रिय बजारमा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा पनि स्वतः बढाउने र मूल्य
घट्दा यहाँ पनि स्वतः घटाएर बेच्ने गरिएको छ । रासस