Published On:Thursday, January 8, 2015
Posted by Unknown
महिलाले यौनआनन्दको चरमसुख प्राप्त गर्छन् होला।
म ३१ वर्षीया विवाहित महिला हुँ। हामी श्रीमान्–श्रीमतीबीच नियमितजसो यौनसम्पर्क हुने गर्छ। एक किसिमले यौनक्रियाकलापमा रुचि पनि छ र यौन उत्तेजना पनि राम्रै हुन्छ। कहिलेकाहीँ यौन चरमसुखबारे श्रीमान्सँग कुराकानी हुने गर्छ। मेरा केही साथीहरूसँग पनि उनीहरूका श्रीमान्सँगको यौनसम्बन्ध र चरमसुखबारे कुरा हुने गर्छ। ती साथीहरूले आनन्दको विशेष क्षणको कुरा गर्छन्। मलाई यौनक्रियाकलाप आनन्दमयी लागे पनि उनीहरूले भनेजस्तो विशेष क्षण अर्थात् चरमसुख पाएको जस्तो लाग्दैन। एकपल्ट एउटा फिल्म हेरेकी थिएँ। सो फिल्ममा एक नारी पात्रले यौनसम्पर्कपछि होसहवास गुमाएकी थिइन्। त्यस बेला उनको अनुहारमा विशेष आनन्दको अनुभूति भएको देख्न सकिन्थ्यो। लाग्छ,चरमसुख प्राप्तिको क्षण नै त्यही होला। शायद वास्तविक जीवनमा पनि महिलाले त्यसरी नै यौनआनन्दको चरमसुख प्राप्त गर्छन् होला। मैले कहिल्यै पनि त्यस्तो अनुभव गर्न पाएकी छैनजस्तो लाग्छ। मलाई पनि त्यस्तै यौनआनन्द प्राप्त गर्ने इच्छा छ। के म पनि त्यसरी नै यौन चरमसुख पाउन सक्दिनँ? समाधानसहित यस विषयमा पूर्ण जानकारी पाउने आशामा छु।– गोप्य, चितवन
सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । वंश निरन्तरताका लागि आवश्यक पनि भएकोले प्रकृतिले नै दिएको यो एक विशेषता हो । यौनसम्बन्धी चासो तथा चाहना मस्तिष्कबाट सुरू हुन्छ । मस्तिष्कको हाइपोथालामस भन्ने सानो अड्डले यौनसम्पर्क राख्नेजस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्छ भने अर्को अड्ड सेरेबल कार्टेक्स ले हामीले सिकेका कुरा तथा अनुभवलाई अभिलेख राख्ने कार्य गर्छ ।
राजेन्द्र भद्रा
यौनसंवेदनशीलता सम्बन्धी कुरा पनि यसै भागबाट सञ्चालित हुन्छन् ।
यौनेच्छालाई प्रभावित पार्ने हर्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्त्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभावबाट यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । यौनसम्पर्क होस् वा अन्य यौनक्रियाकलाप, वास्तवमा त्यो शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो । यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मका कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तन एक निश्चित प्रकारले भएको देखिन्छ । सो यौन उत्तेजनाप्रति शरीरले देखाएको प्रतिक्रिया भएर नै यसलाई मानव यौनप्रतिक्रिया चक्र भनिन्छ ।
मानव यौनप्रतिक्रिया चक्र
मास्टर्स र जोनसन मानव यौनप्रतिक्रिया चक्रलाई प्रयोगशालामा अध्ययन गर्ने पहिलो वैज्ञानिकहरू हुन् । उनीहरूले यस चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण, त्यसपछिको चरणलाई प्लेटो फेज, तेस्रो चरणलाई चरमसुख र अन्तिम चरणलाई रिजोलुसन फेज भनिन्छ ।
सामान्यरूपमा मानव यौनप्रतिक्रिया चक्रका चरणहरू यस्ता हुने भए पनि कतिपय व्यक्तिले तपाईंले जस्तै यौन चरमसुख प्राप्त गर्न नसकेको अनुभव गर्छन् । त्यसैले यहाँ यौन चरमसुख प्राप्त गर्न नसक्ने समस्याबारेमा चर्चा गरिन्छ ।
कुनै व्यक्तिले पर्याप्त यौन उत्तेजना गराएको स्थितिमा पनि निरन्तर यौन चरमसुख प्राप्त गर्न नसकी व्यक्तिगत जीवन नै तनावपूर्ण भएको स्थितिलाई यौन चरमसुख अप्राप्ति ९बलयचनबकmष्ब० भनिन्छ । उमेर, कुनै रोग लागेको स्थिति वा औषधिको प्रभावले पनि यौन चरमसुख प्राप्त गर्न कठिनाइ हुन्छ । यस्तो समस्या पुरुषको तुलनामा महिलामा धेरै पाइन्छ भने तरुण पुरुषमा विरलै मात्र हुन्छ । पुरुषको हकमा कतिपय स्थितिमा यसलाई वीर्य स्खलन ढिलो हुनुसँग पनि जोडिन्छ । दम्पतीमा सन्तुष्टि छ र तनाव छैन भने यौन चरमसुख प्राप्त नगरे पनि खासै चिन्ता गर्नुपर्दैन ।
यौन चरमसुख प्राप्त गर्न नसक्नुको कारण
तपाईंले भनेजस्तो चलचित्रमा देखाइएझैँ वा पत्रपत्रिकामा लेखिएझैँ यौन चरमसुख सजिलै प्राप्त हुने कुरा होइन । यौन चरमसुखको त्यो आनन्ददायी उचाइ वास्तवमा थुप्रै शारीरिक, भावनात्मक तथा मानसिक तत्त्वको जटिल प्रतिक्रयापछिको नतिजा हो । त्यसैले यौन चरमसुख प्राप्त गर्न नसक्नुको कारणमा शारीरिक, मानसिक वा भावनात्मक जे पनि हुन सक्छ ।
शारीरिक कारण
कुनै पनि किसिमको कडा बिरामी परेमा यौनक्रियाकलामा संलग्न हुने र चरमसुख प्राप्त गर्ने कुरा नै भएन । यसै गरी मधुमेह वाः Multiple Sclerosis, Henital Mutilation, शल्यक्रियाका जटिलता, कम्मर क्षेत्रको चोट, हर्मोनको मात्रामा हुने असन्तुलन, पाठेघर एवम् डिम्बाशयजस्ता अड्ड शल्यक्रिया गरी हटाएको अवस्था, मेरुदण्डको चोट आदि कुराले चरमसुख प्राप्त गर्ने कार्यमा बाधा गराउन सक्छ । यस्तै उच्च रक्तस्राव, एन्टिहिस्टामिन वा केही मानसिक रोगका औषधिको सेवन एवम् अत्यधिक मद्यपानले पनि नकारात्मक असर पर्दछ । साथै उमेर बढ्दै गएपछि यौन चरमसुख प्राप्त गर्न गाह्रो हुँदै जान्छ ।
महिलाको हकमा कुरा गर्दा उमेरको साथै महिनावारी बन्द हुने क्रममा हर्मोनमा आउने परिवर्तनले पनि असर पुर्याएको हुन्छ ।
मानसिक वा भावनात्मक कारणः कुनै पनि कारणले हुने चिन्ता वा निराशापनले यौनक्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । कतिपयमा यौनकार्य सम्पादन गर्न सक्दिनँ कि भन्ने चिन्ताले सताउन थाल्छ र यसैका कारण उसको कार्यसम्पादन झनै बिग्रिएर जान्छ । आधुनिक समाजको चापाचापको कार्यशैली वा आर्थिक कारणले हुने तनावको नकारात्मक असर त यसमा पर्छ नै । यस्तै कतिपय व्यक्तिमा गर्भ रहला वा यौनरोग लाग्ला भन्ने भय मनमा पसेको छ भने पनि यौन चरमसुख प्राप्तिको लागि बाधक हुन्छ ।




