Published On:Thursday, November 6, 2014
Posted by dadad

निर्देशक नेम्वाङ झुण्डिएको अवस्थामा फेला

२० कार्तिक, काठमाडौं । चलचित्र क्षेत्रका निर्देशक आलोक नेम्वाङले आत्महत्या गरेका छन् । उनले बिहीबार राती ८ बजे आत्महत्या गरेको बताईएको छ ।

उनको शव झुण्डिएको अवस्थामा फेला परेको पुष्टी भएको महारजगन्ज प्रहरीले जनाएको छ ।

धापासी स्थित आफ्नै अपार्टमेन्टमा उनको शव फेला परेको प्रहरीको भनाई छ ।  घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अविवाहित उनले सानो संसार, कोही मेरोजस्ता चर्चित फिल्मको निर्देशन गरेका थिए । दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो । 

0 comments for "निर्देशक नेम्वाङ झुण्डिएको अवस्थामा फेला"

Leave a reply

    Popular Posts

    Blog Archive