Published On:Wednesday, November 5, 2014
Posted by dadad

८ वर्षकी बालिकामाथि ३४ वर्षका नारदको बलात्कार

१९ कार्तिक, भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर–४ की आठ वर्षकी बालिका बलात्कृत भएकी छिन् । 

कृष्णपुर स्थित घरबाट विद्यालय जाने क्रममा बालिकालाई कृष्णपुरकै  ३४ वर्षीय नारद ताम्राकारले बलात्कार गरेको प्रहरीले जनाएको  छ ।

इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी नायब निरीक्षक वासुदेव अवस्थीले ताम्राकारले बालिकालाई सोमबार बिहान बलात्कार गरेको र साँझ मात्रै बालिकाका आफन्तले प्रहरीमा जानकारी गराए ।

आफन्तको जानकारीपछि प्रहरीले ताम्राकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ताम्राकारले बलात्कार गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । रासस

0 comments for "८ वर्षकी बालिकामाथि ३४ वर्षका नारदको बलात्कार"

Leave a reply

    Popular Posts

    Blog Archive