Published On:Wednesday, November 5, 2014
Posted by dadad
विवाहको आश्वासनमा भारत लान खोजिएपछि
१९ कार्तिक, कञ्चनपुर । विवाहको आश्वासनमा भारत लैजान लागेकी एक बालिकाको कञ्चनपुरको महेन्द्रनगर बसपार्कबाट बुधबार उद्धार गरिएको छ । महेन्द्रनगर वसपार्कबाट उद्धार गरिएकी उनलाई गैर सरकारी संस्था सानाहातको सेवा केन्द्रमा राखिएको छ ।
ती बालिकालाई भारत लैजान लागेका डडेल्धुरा भतकाँडाका गणेश साउदलाई प्रहरी हिरासतमा राखिएको छ । कक्षा १० मा पढ्ने ती बालिकालाई ३२ वर्षीय साउदले आफ्नो विवाह नभएको भन्दै उनलाई दिल्ली लैजान लागेका थिए । संस्थाले बसपार्कमा लागेर सोधपुछ गरेपछि शङ्का लाग्दा बालिकालाई संस्था र साउदलाई प्रहरी कार्यालयको जिम्मा लगाएको हो । रासस


