Published On:Wednesday, November 5, 2014
Posted by dadad

बीउ खाएर जीउ जोगाउँदै असिनापीडित

मुगु,कात्तिक २० – असिनापीडित किसान चिन्डोमा जोगाएको अनाजको बीउ खाएर भोक मेटाउन बाध्य भएका छन् । दुई साता बितिसक्दा पनि कुनै निकायबाट राहत पाउन नसक्दा उनीहरु मंसिरमा खेतबारीमा छर्न चिन्डो र गाग्रीमा बचाएर राखेको गहुँ ,जौको बीउ खान थालेका हुन् । 

अहिले बीउ खाएर जीउ जोगाए पनि मंसिरदेखि जेठसम्म के खाएर बाँच्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ । श्रीकोटको रोल र सैनका बासिन्दा घरमा अनाज नहुँदा भोकभोकै पर्न थालेपछि यसो गर्न बाध्य भएका हुन् । ‘कात्तिकमा खेतमा छर्न राखेको गहुँको बीउ खाएर कहिलेसम्म ५ जनाको परिवार पालौला,’ श्रीकोटका डलब शाहीले भने,‘किनेर खान सक्ने क्षमता छैन,विउ पनि रित्तिन थालिसक्यो ।’

सोही गाविसका जैसिंह टमाटा असिनाले अन्नको मुख देख्न नपाएको बताउँछन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments for "बीउ खाएर जीउ जोगाउँदै असिनापीडित"

Leave a reply

    Popular Posts

    Blog Archive