Published On:Wednesday, November 5, 2014
Posted by dadad

विजयकुमारले घुस दिन खोजेपछि

२० कार्तिक, वीरगन्ज । पर्साको वीरगन्जबाट प्रहरीलाई नै घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले वीरगन्ज ११ माइस्थान चोक नजिक बाटोमा सवारी साधन तथा यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४३ वर्षका विजयकुमार गुप्ता रहेका छन् ।

भारतमा निर्मित सङ्गम इन्डेक्स रजिष्ट्रर ७३ थान लिई सशङ्कित अवस्थामा आइरहेको फेला पारी उनको साथमा बोकेको रजिष्ट्रर चेकजाँच गर्दा चेकजाँच नगरी माल छाडिदिनुहोस् भन्दै काममा खटिएका प्रहरीलाई अनुचित प्रभावमा पारी कर्तव्यबाट विचलित बनाउने दुष्प्रयास गरी आफ्नो साथबाट  नेपाली रु छ हजार  निकाली प्रहरीलाई दिन लाग्दा उक्त घुस दिन लागेको रकमसहित रङ्गेहात पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

पर्सा प्रहरीले अहिले अवैध रकम असुल्ने प्रहरीमाथि पनि निगरानी राख्न सुरु गरेको र कसैले गलत मनसाय राखेर घुस दिन खोजेमा उनीहरुलाई पनि कारबाही गरिने उनले बताए ।

0 comments for "विजयकुमारले घुस दिन खोजेपछि"

Leave a reply

    Popular Posts

    Blog Archive