Published On:Thursday, November 6, 2014
Posted by dadad
किराञ्चोकमा मुसा आतंक
किशोर अधिकारी, धादिङ ।
निर्धारित समयमै संविधान जारी हुने वा नहुने देशव्यक्ति चिन्ताको विषय बनिरहेको समयमा धादिङ किराञ्चोकका किसानलाई भने धानबालीमा लागेको मुसाले सताएको छ ।
निर्धारित समयमै संविधान जारी हुने वा नहुने देशव्यक्ति चिन्ताको विषय बनिरहेको समयमा धादिङ किराञ्चोकका किसानलाई भने धानबालीमा लागेको मुसाले सताएको छ ।
कृषिमा सिंचाईको अझै सुविधा पुग्न नसकेका किरान्चोकका ग्रामिण भेगका किसानहरुको धानबालीमा मुसा आतंक सुरु भएको हो ।
किराञ्चोकका एक किसानले दुखेसो पाख्दै भने, ‘वर्षदिनमा एकपटक धान फल्छ, त्यहि पनि भित्र्याउने समयमा मुसाले खाईदिन्छ । मार्नु पनि कत्ति मार्ने हो र, हैरानै पारिसक्यो ।’ धानबालीमा मुसाको आतंक सुरु भएपछि घरमा ल्याउने बेला भएको धान अहिले त्यतिकै खेतमा छरष्टि अवस्थामा देख्न सकिन्छ ।
त्यो पनि धानको खोष्टा मात्रै । धानबालीमा मात्रै होईन, भर्खरै बाली लाग्न सुरु भएको कोदोबारीमा पनि मुसाले आतंक मच्चाउन छाडेको छैन । मुसाले अन्नबाली खाएसँगै त्यो माथि परेको असिना पानिले बाँकि रहेका धान तथा कोदो पनि सखाप पारिदिएपछि किसानहरु चिन्तित बनेका छन् ।



