आन्दोलन भनेको बम हान्ने हो ? : गच्छदार

Posted by Unknown | Sunday, February 1, 2015 | Posted in


१९ माघ,काठमाण्डौ, कडा आन्दोलन भनेको कस्तो हो ? बम हान्ने  होकि ? बन्दुक पडकाउनुपर्ने कि ? संविधानसभा भित्रै संघर्ष गर्ने हो ?


मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आइतवार ८ दल आवद्ध मधेशी मोर्चा बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति इंगित गर्दै असहमति राखेका थिए । त्यतिबेला यादव भने काम छ भन्दै बैठकबाट निस्किसकेका थिए ।  कान्तिपुर दैनिकमा समाचार छ ।

आन्दोलनबारे साझा धारणा बनाउन बसेको बैठकमा यादव संविधानसभामा सत्तापक्षले दुई तिहाईबाट संविधान जारी गर्न लागेकाले मधेशमा कडा आन्दोलन गर्नुपर्ने भन्दै उठेर हिंडेका थिए । आइतवार बिहानै ८ मधेशीसहित ३० दलको मोर्चा बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चा आवद्ध सभासदहरुले संविधानसभा छाड्नुपर्ने अवस्था आउन सक्ने धारणा समेत राखेका थिए । त्यही लाइनमा यादवको धारणा पनि आएपछि दलहरुबीच विमति सुरु भएको हो ।

गच्छदारको जवाफ उद्धृत गर्दै एक सहभागीले भने- 'उपेन्द्रजी बैठकमै बसिदिनु भएको भए राम्रो हुन्थ्यो । कडा आन्दोलन भन्दैमा बम पडाउन सकिन्न । गोली चलाउन सकिन्न । संविधानसभा छोडेर जान पनि सकिन्न ।'    

मधेसकेन्द्रित दलहरु एमाओवादीले संविधानसभा छाड्न पनि तयार हुनुपर्ने भनी राखेको प्रस्ताव प्रति सशंकित बनेका हुन् । तर, संविधानसभाबाट राजिनामा दिने या बहिस्कार गर्ने बाहेक विरोधका अन्य स्वरुपमा भने एक भएर अघि बढ्ने निर्णय समेत मधेशी मोर्चाले गरेका छन् ।

दाहालले बिहान मोर्चा बैठकमा राखेको उक्त संविधानसभा छाड्नुपर्ने प्रस्तावलाई अधिकांस मधेशी दलहरुले अस्वीकार गरेका थिए ।  दिउसो मधेशी दलहरु मात्र आवद्ध ८ दलको मोर्चामा समेत त्यसको विरोध भएको थियो ।

माघ १९ को बिहानै धादिङमा दुखद खबर, आगलागी हुदाँ ४ जनाको मृत्यु

Posted by Unknown | | Posted in ,

१९ माघ,धादिङ, मा आएका छोरी, ज्‍वाइ र नातीनीको मृत्‍यु भएको हाे ।   थपलियासहित उनको ज्वाईं अनिल जिसी, छोरी योजना र नातिनी रोजेट जिसीको मृत्यु भएको हो ।
धादिङको धुषामा आज बिहान आगलागी हुदाँ ४ जनाको मृत्यु भएको छ ।  धुषा १ चरौंदिस्थित किशोरचन्द्र थपलियाको घरमा आज राती विद्युतसर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट थपलियाको घर
आगलागीमा परि  थपलियाकी श्रीमती कर्णकुमारी गम्भिर घाइते भएकी छिन् । उनलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । स्थानीयबासीले आगो निभाउने प्रयास गर्दा सकेका थिएनन । विकटताका कारण दमकल जान पनि अप्ठेरो भएको थियो । आगलागी पछि गाउँ अहिले शोकमग्न भएको छ ।

भारतीय गायकले नेपाली फ्यानलाई दिए गीत उपहार

Posted by Unknown | | Posted in


केही प्रतिष्ठित भारतीय कलाकारले नेपाल र नेपालीप्रति चासो बढाईरहेको बेला चर्चित भारतीय गायक गौरब डगान्करले नेपाली गीत गाएका छन् ।
आत्मामा.. र गलियाजस्ता चर्चित गीतका गायक गौरवले आफ्ना नेपाली प्रशंसकका लागि भन्दै मिक्सअप भिडियो दिएका छन् । दुईवटा गीतको फ्युजन गरिएको यो गीतको भिडियो आफ्नो फेशबुक पेजमासमेत पोष्ट गरेका छन् ।
उनले नेपाली प्रशंसकका लागि दुई गीतको फ्युजन गरी मिक्सअप बनाएको उल्लेख गर्दै भनेका छन् ‘मेरो यो गीत शायद नेपाली दर्शकलाई मन पर्छ होला ।’
भारतको मुम्बईमा जन्मेका गौरब प्राय रक(पप शैलीका गीत गाउँछन् । उनी गायनको अतिरिक्त संगीत कम्पोज, उत्पादन र लेखनमा समेत सक्रिय छन् ।
हिन्दी फिल्म ‘जोक्कर’ मा उनले म्युजिक कम्पोज गरेको आइटम संगले निकै राम्रो चर्चा पाएको थियो । जुन गीतमा सुनिधी चौहानले स्वर दिएकी थिइन् ।
सन् २००८ मा उनको पहिलो एल्बम ‘कलेज डे’ सार्वजनिक भएको थियो । त्यसपछि लीक्वीर फिकर, अब लौट आ र क्वादा हो सार्वजनिक भएको छ ।
उनले केही हिन्दी फिल्ममा पनि संगीत दिएका छन् । लंका, वील यु म्यारी मि, जोक्कर लगायतका फिल्ममा पनि संगीत गरेका छन् उनले ।


aatma-ma

नेपाली क्रिकेट टीमलाई पाकिस्तानको निम्तो !

Posted by Unknown | | Posted in

१८ माघ, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले नेपाली क्रिकेट टीममा पाकिस्तान भ्रमणको निम्तो दिएको छ । तर, नेपाल क्रिकेट संघ क्यानले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख शहायर खानले नेपालसँगै नेदरल्याण्ड र नामिबियाको राष्ट्रिय टीमलाई क्रिकेटका लागि पाकिस्तान बोलाएको जानकारी दिए । उनका अनुसार श्रीलंका, बंगलादेश, जिम्बाबेले जुनियर टीम पठाउने आश्वासन दिएको बताएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुखको दाबीबारे बुझ्दा क्यानका अधिकारीहरुले पनि प्रस्ताव अएको स्वीकार गरेका छन् । तर सुरक्षाका कारण नेपाली टीमले पाकिस्तान भ्रमण गर्ने इच्छा नदेखाएको स्रोतले बतायो ।

सन् २००९ मा लाहोरमा श्रीलंकाको क्रिकेट टीममाथि आतंकवादी आक्रमण भएपछि कुनै पनि अन्तराष्ट्रिय टीमले पाकिस्तान भ्रमण गरेको छैन ।@onlinekhabar

मंगल ग्रहमा गएर बच्चा जन्माउन तयार भएकी युवतीको कथा

Posted by Unknown | | Posted in

MAIN-First 1
झ्वाट्ट सुन्दा यो कुनै साइन्स फिक्सन फिल्मको कथाजस्तो लाग्नसक्छ तर एक युवती मंगल ग्रहमा बच्चा जन्माउने ब्रम्हाण्डकै पहिलो मानिस बन्नेछिन् ।
बेलायतको कोभेन्ट्रीस्थित टाइल हिलकी बासिन्दा म्यागी लियु मंगल ग्रहमा स्थायी बसोबास गर्न जाने ४० जना मध्येमा पर्न सकेमा उनले अर्को नयाँ इतिहास पनि लेखाउनेछिन् मंगल ग्रहमा बच्चा जन्माएर ।
मंगल ग्रहमा मानिसको वस्ती बसाल्ने महत्वाकांक्षी परियोजना मार्स वनमा ६ सय जना आवेदकको सर्टलिस्टमा पर्न सफल भएकी म्यागी अन्तिम छनोटमा पर्ने नपर्ने कुरा आउँदो महिना छिनोफानो हुनेछ । मंगलग्रहमा जान चाहने विश्वभरका २ लाख आवेदकमध्येबाट उनी अन्तिम ६ सय जनामा पर्न सफल भएकी हुन् । अन्तिम ४० मा छानिएमा उनले मंगल ग्रहमा जानका लागि यहीँ वर्षबाटै तालिम सुरु गर्नेछिन् ।
आमाहरुलाई सबै सुविधाले सम्पन्न पृथ्वीमा समेत बच्चा जन्माउन र हुर्काउन गाह्रो परिरहेको अवस्थामा उनले भने अनिश्चित परिस्थिति र माइनस ६२ डिग्री सेल्सियस चिसो तापक्रम, निसास्सिने, भोकमरी हुने र जलवियोजनको खतरा हुने मंगल ग्रहमा बच्चा जन्माएर हुर्काउने योजना बनाएकी छिन् ।
आफु मंगल ग्रहमा मानिसको वस्ती वस्तार गर्ने योजनामा प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘मंगल ग्रहमा मानव समुदाय विस्तारका लागि बच्चा पाउनु आवश्यक हुन्छ र म तर्फबाट त्यो अवश्य हुनेछ’, उनले भनेकी छिन् ।
PAY-Maggie-Lieu-one-of-threeअहिलेसम्म मंगल ग्रहजस्तो कम गुरुत्वाकर्षण क्षेत्रमा बच्चा जन्माउँदा पर्ने प्रभावका विषयमा कुनै अध्ययन नभएको हुनाले त्यहाँ बच्चा जन्माउने काम चुनौतिपूर्ण हुने उनको ठम्याइ छ । तर मंगल ग्रहमा पहिलो ‘मार्सियन’ अर्थात् मंगल प्राणी पैदा गर्ने काम निकै रोचक हुने उनी बताउँछिन् ।
बर्मिंघम विश्वविद्यालयमा अन्तरीक्ष भौतिक विज्ञान पढिरहेकी म्यागी आफु मंगल ग्रहमा जान पाउने भाग्यमानी मानिसमा छानिनेमा निकै उत्साहित छिन् र छानिएपछि दश वर्षसम्म दिइने तालिम लिन अझै बढि उत्सुक छिन् ।
मार्स वन परियोजनाले मंगल ग्रहमा पठाइने ४० जना मानिस छानेर यो वर्षबाटै तालिम सुरु गर्नेछ । सन् २०२४ देखि मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना रहेको छ । हरेक दुइ वर्षमा ४ जनाको समूहलाई मंगल ग्रहमा पठाइनेछ ।
मंगल ग्रहमा पुगेपछि त्यो नै आफ्नो घर हुने हुनाले मानिसहरुले त्यहाँ गएपछि चिकित्सा, कृषि, विद्युत तथा खानेपानी लगायतका प्रविधि सिक्न सुरु गर्ने विश्वास उनको छ । खानेकुरा आफै सिर्जना गर्नु र अक्सिजन समेत सिर्जना गर्नु सबैभन्दा चुनौतिपूर्ण काम हो भन्ने उनलाई लागेको छ ।
मंगल ग्रहमा सूर्यको विकिरण अत्यधिक रहेको हुँदा त्यसले ग्रहको सतहमा असर गर्ने र जमिन मुनि ५ मिटर तल भूमिगत रुपमा बसोबास हुनसक्ने उनको अनुमान छ ।
कहिल्यै नफर्किने मंगल यात्रामा निस्केपछि जिवनको कुनै टुंगो नहुने र घरपरिवार तथा साथीभाइबाट सधैका लागि टाढिने भएपनि त्यो अनिश्चित यात्राप्रतिको उनको रुची घटेको छैन ।
तत्कालका लागि पृथ्वीमा भएका मानिसहरुसँग संचार सम्पर्क गर्नु सबैभन्दा चुनौतिपूर्ण कुरा रहेको भएपनि ३ देखि २२ मिनेटसम्ममा विद्युतिय सन्देश पठाउन सकिने प्रविधि विकाश गर्न सकिने विश्वास उनको छ ।
६ अर्ब डलर खर्चेर मंगल ग्रहको एकतर्फी यात्राका लागि तयार भएकी म्यागीको आशा भविष्यमा पृथ्वीमा फर्किन सकिने छ । मंगल ग्रहबाट पृथ्वीमा फर्किन सक्ने प्रविधि कुनै दिन विकाश हुनसक्ने र पृथ्वी र मंगलबीच मानिसहरुको आवतजावत हुनसक्ने कल्पना उनको छ ।





यस्ता पनि टाटु ! टाटु महोत्सवका डरलाग्दा दृश्यहरु

Posted by Unknown | | Posted in


यी मान्छेहरु देख्दा लाग्छ, यिनीहरु भर्खरै डराउने अर्थात् हरर फिल्ममा एलियन वा भुतको अभिनय गरेर आएका हुन् ।
तर होइन । यिनीहरु कुनै फिल्मका पात्र होइनन् । यिनीहरुको जिउ रंगरोगन गरेर यस्तो बनाइएको होइन । यिनीहरुको जिउको डरलाग्दो आकृति सक्कली नै हो । यी मानिसहरुले जिउमा खोपेको टाटुहरु हेर्दा यो दुनियामा मानिसका रुची कस्ता कस्ता हुँदारहेछन् र मानिसले आफ्नो रुची फत्ते गर्नका लागि कतिसम्म जोखिम र पीडा खप्न तयार हुँदोरहेछ भन्ने प्रष्ट हुन्छ ।
भेनेजुयलाको राजधानी काराकासमा आयोजित अन्तराष्ट्रिय टाटु महोत्सवमा उपस्थित भएका यी टाटुधारी मानिसहरुको जिउ हेर्दा आङै सिरिंग हुन्छ ।
कतिले जिउमा विभिन्न थरी चिज प्रत्यारोपण गरेका छन् र खप्परलाई नै बेढंगको बनाएका छन् । कतिले दाँतलाई अनेकथरि आकारमा ढालेका छन् भने कतिले आँखाको गेडीभित्रै रातो रंग हालेका छन् । कतिले जिब्रोलाई नै बीचबाट काटेका छन् भने कतिले अनुहारभरि सुइ रोपेका छन् । कसैले नाक नै ताछेका छन् भने कतिले निधारभरि डल्ला उमारेका छन् ।
काराकासमा आयोजित चार दिने महोत्सवमा विश्वका विभिन्न देशहरुबाट टाटुधारी मानिसहरु आफ्नो अनौठो तथा अद्वितीय टाटु देखाउन आएका छन् । हेरौँ टाटु महोत्सवका मनै कम्पन गराउने केही दृश्यहरु



tatu 1tatu 5

‘बडुवाल’मा एकजना पनि एसएलसी उत्तीर्ण छैन

Posted by Tekman Shakya | | Posted in ,

शेरबहादुर सिंह, 
आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र भविष्यमा उनीहरू ठूलो मान्ने बनेको देख्ने सपना प्रायः सबै अभिभावकमा हुन्छ । नेपाली समाजमा पाका पुस्ताले सन्ततिलाई इन्जिनियर, डाक्टर, पाइलट बन्नु भनेर आशीर्वादसमेत दिने चलन छ । 

नेपाली समाजमा यस्ता सपना बोकेका धेरै अभिभावक र धेरै आशीर्वाद दिनेहरू छन् । तर अभिभावकको सपना र पाका पुस्ताको आशीर्वाद लिएर पनि ठूलो मान्छे बन्ने सपना चकनाचुर भएका सीमावर्ती गाउँका बालबालिका तथा युवा यतिखेर भारतको बजारमा मजदुरी गरेर गुजारा गरिरहेका छन् । 

महाकाली नदीपारिको दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका बालबालिकाको भविष्य तिनका अभिभावकले सोचेजस्तो नहँदा पढ्ने लेख्ने उमेरमै पलायन हुनुपर्ने अवस्था छ । 

विसं २०४९ मा बडुवाल टोलमा प्राथमिक तहको विद्यालय स्थापना गर्दाको सङ्घर्ष सम्झेर बडुवाल टोलका महावीर क्षेत्री भन्नुहुन्छ – “स्कुल खोलेपछि पहाड नै उठाएजस्तो लाग्थ्यो तर उपलब्धि गाउँमा केही पनि भएन । बालबालिकालाई एसएलसीसम्म पनि पु¥याउन सकेनौँ ।” 

भारतको सीमासँग जोडिएको बडुवाल टोलमा २०२२ सालमा बस्ती बसेको महावीर क्षेत्री बताउनुहुन्छ । हाल उक्त टोलमा २०० भन्दा बढी परिवार बस्दै आएका छन् । ७५ प्रतिशत दलित परिवार रहेको बडुवाल टोलमा सरकारी उपस्थितिका नाउँमा गणेश प्राविमात्रै छ । न त्यहाँ बिजुली छ, न त स्वास्थ्य क्लिनिक नै । एउटा प्राथमिक तहको विद्यालयबाहेक अरू कुनै सरकारी निकाय टोलमा नरहेको समाजसेवी पुष्करदत्त जोशी बताउनुहुन्छ ।

“सरकारको उपस्थिति भनेको एउटा अधुरो विद्यायल मात्रै हो,” उहाँले भन्नुभयो – “त्यो विद्यालयको अपुरो शिक्षा हासिल गरेर हाम्रा छोराछोरी भारतमा मजदुरी गर्न बाध्य छन् ।”

विद्यालय स्थापना भएको सालदेखि नै गाउँका बालबालिकाले प्राथमिक तहसम्मको शिक्षा हासिल गर्ने गरेको भए पनि निम्न माध्यमिक र त्यसभन्दा माथिको शिक्षा हासिल नै गर्न पाउँदैनन् । गाउँका ५०० भन्दा बढी बालबालिकाले प्रावि तहसम्मको अध्ययन गरेको भए पनि गाउँमा माथिल्लो तहसम्मको अध्यापन हुने विद्यालय नहँदा र जोगबुढा नदीमा पुल नभएकै कारण विद्यार्थीको पढाइ अधुरो रहँदै आएको छ । त्यहाँका विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको दशकौँ बितिसक्यो ।

“माथिल्लो शिक्षा हासिल गर्न जोगबुढा वारिका विद्यालयहरूमा आउनुपर्छ,” समाजसेवी जोशीले भन्नुभयो – “जोगबुढामा पुल नहुँदा विद्यार्थी पढ्न जान पाउँदैनन् ।” जोगबुढा नदीमा वर्षात्का तीन÷चार महिना आवतजावत गर्न सक्ने अवस्था समेत नरहेपछि बडुवाल टोलका विद्यार्थी पढाइ छोड्न बाध्य हुने गरेको अभिभावकहरूको गुनासो छ । “वर्षात्का चार महिना त जोगबुढा वारि आउनै पाउँदैनौँ ।” स्थानीय जनता भन्छन् – “जोगबुढाकै डरले बालबालिकाहरू स्कुल जान मान्दैनन् ।” 

“जोगबुढा नदीमा पुल भएमात्रै विद्यार्थीहरू वारिका विद्यालयमा माथिल्लो तहको पढाइ गर्न सक्थे,” टोलमा रहेको गणेश प्रावि व्यवस्थापन समितिका अध्यक्ष मोहन नेपालीले भन्नुभयो – “पुलका लागि नेतादेखि प्रशासनिक निकायसम्म धायौँ, आश्वासन धेरै पायौँ तर सुनुवाइ भएन । नदीमा पुल भइदिए बडुवाल टोलका बालबालिकाको पढ्ने चाहना पूरा हुने थियो ।” 

“गाउँबाट अहिलेसम्म एकजनाले पनि एसएलसी उत्तीर्ण गरेको छैन,” अध्यक्ष नेपालीले भन्नुभयो – “गाउँमा माध्यमिक विद्यालय छैन, पारि जान जोगबुढा नदी बाधक बन्छ ।” उहाँले मावि तहसम्मको विद्यालय सञ्चालन गर्न पहल गरे पनि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गर्नुभयो ।
“गाउँमा अहिलेसम्म एकजना पनि एसएलसी उत्तीर्ण छैन भन्दा लाज लाग्छ,” स्थानीय महावीर क्षेत्रीले भन्नुभयो – “बच्चाहरू बडो मुस्किलले ९ कक्षासम्म पढेको उदाहरण मात्रै छन् ।” बालिबालिका पढ्ने रहर मारेर भारतका विभिन्न सहरहरूमा मजदुरी गरिरहेका उहाँले बताउनुभयो । 

“विद्यालयमा डेढ सय विद्यार्थी अहिले अध्ययन गरिरहेको भए पनि उनीहरूलाई प्राविपछि पढाइ छाड्नुको विकल्प हुँदैन,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपालीले भन्नुभयो – “गाउँमा प्रायः सबै स्थानीयवासीको आर्थिक अवस्था कमजोर भएकाले पनि राम्रो ठाउँमा पढाउन सक्ने अवस्था छैन । मेरै छोरो पढाइ छाडेर अहिले भारतको गुजरात होटलमा काम गर्दैछ ।” 

उहाँले भन्नुभयो– “यहाँ बसेर के गथ्र्यो ? न स्कुल छ, न त रोजगारीका अवसर नै ।”

उहाँले सरकारले देशका नागरिकलाई साक्षर बनाउन अरबौँ रुपैयाँ शिक्षामा लगानी गरेको भएपनि आफूहरूको गाउँमा त्यस्तो लगानी नआएको बताउनुभयो । उहाँले भन्नुभयो – “सरकार १२ कक्षासम्मको अध्ययन निःशुल्क गराउने भन्दैछ । यहाँ हाम्रा छोराछोरी स्कुल नहुँदा कलिलै उमेरमा विदेशी भूमिमा मजदुरी गर्न जान बाध्य छन् ।” 

त्यसैगरी, समाजसेवी जोशीले नागरिकता भएकै कारण आफूहरूले ‘नेपाली हुँ’ भन्नुपरेको बताउनुभयो । “एक किलो नुन लिनसमेत सीमावर्ती भारतीय बजार जानुपर्छ,” उहाँले भन्नुभयो –“प्रशासनिक कामबाहेक अन्य सबै भारतकै भरमा छौँ ।”

आर्थिक अवस्था निकै कमजोर भएका गाउँलेहरू भारतीय सीमावर्ती बजारमा मजदुरी गरेर, दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका छन् । यातायात र महाकाली नदीमा पक्की पुल नहुँदा दोधारा–चाँदनीवासीलाई सदरमुकाम महेन्द्रनगरसँग सम्बन्ध राख्न पनि निकै कठिन हुने गरेको छ । दोधारा–चाँदनीको पनि जोगबुढा पारिका सीमावर्ती गाउँहरू अझ बढी मारमा छन् ।

महाकाली नदीमा झोलुङ्गे पुल बन्नुअघि दोधारा चाँदनीवासी किस्ती, डुङ्गाको भरमा महाकाली नदी ओहोरदोहोर गर्ने गर्दथे । झोलुङ्गे पुल बनेपछि उनीहरूलाई पैदल यात्रा गर्न र दुई पाङ्ग्रे सवारी सञ्चालन गर्न सहज भए पनि ठूला सवारी महाकाली नदीमा वारपार गराउन अझै समस्या छ । रासस

    Popular Posts