Published On:Tuesday, March 3, 2015
Posted by my storry
सिमानाले छेक्न नसकेको प्रेम
फाल्गुण २१,
सन्तोष देउजा ------------------माटोको माया खोज्दै विदेशमा ..........................
मन त थियो देशमै बसौं, मन त थियो गाँउघरमै केही गरौं अनि मन थियो जन्मदिने बाबु आमाको बुढ्यौलीमा साथ दिउँ । प्राणभन्दा प्यारी श्रीमतीले बनाएर दिएको गुन्द्रुकको झोल हातको पाखुरीसम्म चुहिने गरी सल्र्याप्प सल्र्याप्प कप्लक्क कप्लक्क ढिडो निलु । अबोध छोराछोरीलाई बाबु स्नेही प्यारको महशुस गराउँ । तर घर अघिल्लतिरका सबै छिमेकीले मेरो घर नै छेकीने गरी पक्की घर ठोके । अरु घोडा चढे भनेर आफु धुरी चड्नु हुदैन् भन्ने मन सोचेको पनि थिए तर परिस्थितीले मनलाई हरायो । चार बर्षकि छोरीले बाबा असिमहरुको जस्तो घर हाम्रो कहिले हुने भनेर बारम्बार सोधीरही । तिजका बेला अरुका श्रीमती शरिर नै ढाकिने गरी गहनामा सजिएर मेला भर्न जादाँ मेरी पार्वतीको अनुहार औसीको रा तझै अध्याँरिएको हर्न म विवस हुन्थें । तर बिचरी घरको अवस्था देखेर केही भन्दिन् थिं । पोहोर साल मात्रै दुईवटा बोका बेचेर कानमा बेरुवा बनाईदिदा पार्वतीको मुहारमा क्रान्ति देखेको थिए मैले । मलाई सम्झना छ, त्यत्ती सानो गहना बनाईदिएको दिन पार्वतीले मलाई उनको नाम पालेको लोकल भाले नै काटेर खुवाईन् । राती सुत्ने बेला पनि अबेरसम्म दुख सुख कुराकानी गरियो । त्यसै दिन म अरब जाने सोचेको थिए । अनि सपना देखेको थिए, अरब गएर अघिल्लतिरका छिमेकीलाई अग्लो घर बनाएर जवाफ दिउँ । बालबच्चालाई अंग्रेजी स्कुलमा पढाउँ । अनि ६ महिना पहिले अरब हानिए । तिनै सपनाले डोर्याएको अरब यात्रा सोचे जति र सम्झे जति रहेनछ । थाहा छैन् मैले छिमेकीलाई जवाफ दिन उनीहरु भन्दा अग्लोघर बनाउन सकुला या नसकुला । थाहा छैन पार्वतीको हरभरी गहनाले ढाक्न सकुला या नसकुला । अनि थाहा छैन मेरा कलिला मुनालाई अंग्रेजी स्कुलमा पढाउन सकुला या नसकुला । अन्यौलका बिच यदी सप्पै सपना अधुरा भए भने पार्वती मलाई माफ गर्छौ नि हैन् । छ महिना भो अझै ऋण चुत्ता गर्न सकिएको छैन् बैदार बालेको तानाबाना सुन्नु परेको होला । बाको दमको बिमार पर्नु भाको थियो, अलि ख्याल गर । भुराहरुलाई मिठो मसिनो खुवाउनु । आफ्नो ख्याल राखें । अस्ती तिम्ले पठाएको फोटोमा साह्रै दुब्लो देखें । मेरो कत्ति पनि चिन्ता नलिनु । ठ्याम्म खाएर ग्याम्म मोटाएको हेर्ने मन छ मलाई । आजलाई यति नै । .....आईतबारको दिन मलेशियाको स्थानिय समय अनुसार करिब साँझ ७ बजे अनलाईन मार्फत यस्तै पत्र बाचन गरिएको सुनें । शरिरमा काडाँ उम्रिए । कता कता रेडियो कार्यक्रम सुन्दै गर्दा मन चिसो भएर आयो । पछि थाहा भो मलेशीयाबाट केही रेडियोकर्मी साथीहरुले रेडियो कार्यक्रम परदेशबाट को थालनी गर्नुभएको रहेछ । नेपालका बिभिन्न सामुदायिक रेडियोहरुबाट प्रशारण हुने सो कार्यक्रम हामी जस्ता परदेशमा रहेका नेपालीमनको कार्यक्रम रहेछ । कार्यक्रम संचालक बिशाल गौतम जी र कार्यक्रम उत्पादन टोली प्रति हृदय देखि आभार । तपाईहरु पनि एक पटक सुन्ने प्रयास गरिदिनु होला, परदेशीको रेडियो कार्यक्रम परदेशबाट । 

