Published On:Thursday, January 8, 2015
Posted by Unknown

कांग्रेस एमाले सभासदले थाले हस्ताक्षर अभियान


२५ पुस, काठमाडौं । कांग्रेस र एमाले लगायत बिभिन्न दलका सभासदहरुले पुस २९ गतेभित्र सहमति नभए अर्को प्रक्रिया शुरु गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् ।


सहमतिका लागि अबको चार दिन अन्तिम भन्दै त्यसपछि मिलेका सहमति, नमिलेकामा दुई तिहाई बहुमतको आधारमा भने पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने उनीहरुको माग छ ।

काग्रेस एमालेका युवा सभासद दबाब अभियानले शुक्रवार संविधानसभा भवनमै सबै दलका सभासदहरुको बहुमत भेला आयोजना गरेको छ ।
शुक्रवारबाटै सभासदहरुको हस्ताक्षर शुरु हुने र २९ गते ११ बजेको बैठकसम्ममा संवाद समितिबाट सहमतिको प्रस्ताव नआए दुई तिहाई भन्दा बढि सभासदको हस्ताक्षर सभाध्यक्षलाई बुझाइने कांग्रेस सभासद रामहरी खतिवडाले बताए ।

‘हामी सहमति सहमति भन्दा भन्दै एक वर्ष कुरिसक्यौ, नेताहरुले भनेकाले अन्तिम पटक चार दिनलाई पर्खिएका हौं’ सभासद खतिवडाले भने ‘अब पुस २९ मा पन सहमति भएन भने नेतृत्वले भने पनि हामी मान्दैनौं’ ।

संविधानसभालाई सहमतिका नाममा सधैं बन्धक बनाउन नहुने भन्दै सभासदहरुले २९ गतेपछि निरन्तर बैठक राखेर संविधानको मस्यौदा बनाउनुपर्ने बताएका छन् । उनीहरुले संविधानसभामै बस्ने र त्यहाँबाट बाहिर ननिस्कनेसम्मका योजना बनाउन लागेका छन् ।

अभियानका अगुवा एमाले सभासद प्रकाश ज्वालाले नेताहरुका लागि सहमतिको यो अन्तिम अवसर भएको भन्दै त्यसपछि पनि आलटाल गरिए सभासदको जीवन मरणको सवाल हुने बताए ।@onlinekhabar

0 comments for "कांग्रेस एमाले सभासदले थाले हस्ताक्षर अभियान"

Leave a reply

    Popular Posts

    Blog Archive