Published On:Tuesday, November 11, 2014
Posted by dadad
पूर्वराजा हिन्दुवादीसँग भेटमा व्यस्त
नयाँदिल्ली, कार्तिक २५ - 'नितान्त निजी भ्रमण' भन्दै गत शुक्रबार दिल्ली आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमण क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका वरिष्ठ नेताहरूसँग भेट गर्ने पहल थालेका छन् । चाणक्यपुरीस्थित लीला प्यालेस होटलमा बसेर हिन्दुवादी एवं राजावादी शुभेच्छुकहरूसँग भेटघाट गरिरहेका ज्ञानेन्द्रको तालिका एकदमै व्यस्त रहेको भन्दै नेपालमा 'हिन्दु अधिराज्य' स्थापना गर्ने तथा हिन्दु सम्राटको पुनः गद्दीआरोहण गराउने अभियानमा राजनीतिक दलका केही नेता र राजावादी शुभेच्छुकहरू दौडधुपमा लागेका छन् । 'मैले हिजो पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको थिएँ,' भारतीय जनता पार्टी (भाजपा)मा नेपाल-सेलका प्रमुख अजितकुमारले
'तर हिन्दुवादी गतिविधि अथवा नेपालको आन्तरिक सरोकारमा भारतीय जनता पार्टीको कुनै सम्बद्धता छैन,' अजितकुमारले भने, 'स्वयंसेवक संघले गर्ने वा अन्य हिन्दुवादी गतिविधिहरू अलग कुरा हो ।' प्रधानमन्त्री मोदीसँगै गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्न पूर्वराजा ज्ञानेन्द्रले चाहना गरेकोबारे आफूले पार्टीमा जानकारी गराइसकेको अजितकुमारले बताए ।


