Published On:Wednesday, November 5, 2014
Posted by dadad

नागढुङ्गाबाट सात किलो सुन बरामद

१९ कार्तिक, काठमाडौं । काठमाडौँको नागढुङ्गामा लुकाइछिपाई ल्याइएको अवस्थामा प्रहरीले सात किलो सुन बरामद गरेको छ ।

बुधबार विहान पौने ८ बजे महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले आज ताप्लेजुङ पापुङ गाविस वडा नं ४ घर भएका ४३ वर्षका दोर्जे शेर्पालाई जाँच गर्दा उक्त सुन फेला परेको हो । सडकबाट काठमाडौँ भित्रिने तथा काठमाडौँबाट बाहिरिने यात्रु तथा बस जाँचका क्रममा झापाको बिर्तामोडबाट काठमाडौँ आउँदै गरेका शेर्पाले कपडामा पोको पारी कम्मरमा बाँधेका एक एक किलो बाँधेर ल्याएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

सम्मेलनमा सुरक्षा जाँचका क्रममा केही दिनयता विभिन्न व्यक्तिबाट बरामद गरिएका एक थान ल्यापटप, सात थान मोबाइल टेलिफोन र ४९९ निट्रोजुम नामक लागुऔषध पनि बुधबार नै सार्वजनिक गरिएको छ ।

0 comments for "नागढुङ्गाबाट सात किलो सुन बरामद"

Leave a reply

    Popular Posts

    Blog Archive