Published On:Sunday, November 9, 2014
Posted by Tekman Shakya
प्रकृतीसँगको १ निमेष
![]() |
| सविना पौडेल, |
कुनै कुनै सम्बन्ध हरु नभएरै पनि भए जस्तो लाग्छ । निकटता अनि आत्मियता , थाहा छैन मैले के सोचेँ, के लेखँे, मन एकदमै चञ्चल भैरहेको छ । एक ठाउँमा छैन धागोले बाधेर उडाईएको बेलुन जस्तै ....
मलाई लाग्छ कुनै हार्ड ड्रिकं भन्दा कम छैन । उसको आखाँको नशा, कति सफा, कति सुन्दर ।
मलाई लाग्छ कुनै हार्ड ड्रिकं भन्दा कम छैन । उसको आखाँको नशा, कति सफा, कति सुन्दर ।
अनि कति धेरै सपनाहरुले छाल मारिरहेका थिए ति उसका नशायुक्त आँखाहरुले । नशालु आँखाको करतुत उस्लाई थाहा छैन । थाहा होस पनि कसरी, जे गर्नु मलाई पो ग¥यो उस्लाई त के ग¥यो र ! जिन्दगीमा १ बर्ष उस्लाई सम्झिएरै बिताइदिए ।
त्यसपछिको १ बर्ष उस्लाई हेरेर मात्र बिताएँ । त्यो पनि उस्को फेसबुकको वालमा, अबका प्रत्येक पल उस्कै समिपमा बिताउन चाहेकी छु । यदि उस्कोे अनुमति मिल्यो भने जीन्दगी नै सुम्पीने छु । उस्कै सुन्दर नाममा.....
धेरै पल्ट फ्रेन्ड रिक्वयस्ट पठाउने झोक पनि चल्यो । तर हिम्मत जुटाउन साह्ै कठिन भयो मलाई । कसैको अघि झुक्न नजानेकी म बाध्य भएँ उसैको अघि झुक्न । प्रेम भन्ने चिज नै यस्तै, जस्तो सुकै बिषय लाई पनि सम्भब बनाईदिने अनौठो शामर्थ हुँदो रहेछ प्रेममा । फ्रेन्ड रिक्वयस्ट सेन्ड गरेँ । त्यसपछि त मुटु बेजोडले धड्किन थाल्यो । शरिर शिथिल हुदै गयो डरका तरंग शरिर भरी प्रवाह हुदै गए ।
शरिरमा चिर्चिणाहट बढ्न थाल्यो । मनमा नानाथरी कुराले उकुसमुकुस भयो । फ्रेन्ड रिक्वेस्ट क्यान्सिल गरौ भन्ने पनि नसोचेकी होईन । तर जे होस मैले केहि ठूलो गल्ति गरेकै छैन किन बेकारमा डराउनु एक्सेप्ट गरोस नगरोस उस्को अधिकारको कुरा हो ।
यस्तै सोच्दै आफ्नै कार्यमै ब्यस्त रहने प्रयत्न गरे । उस्ले म प्रति समर्पण गर्दै नगरेको प्रेममा म चुर्लुम्म डुबिसकेकी थिएँ । दिनहरु आफ्नै गतिमा दौडीरहेका थिए । म आफ्नो कार्यब्यस्ततामा हुन्थेँ । तर पनि मैले जतिजति बेला फेसबुक खोल्थेँ, त्यतिबेला एउटै मात्र नोटिफिकेसनको आश गर्थेँ, मलाई यहि कुरामा ध्यान थियो, काममा कत्तिपनि पनि मन लागेन । सारा दिनरात उस्कै सम्झनामा विताउन थालेँ ।
करिब करिब ४ दिन पछि मात्र मेरो आशाको किरण उज्यालो भैदियो । अझ भनौँ मनको एउटै चाहना पूरा भयो ।मैले सोचेकी थिइन उस्ले मेरो रिक्वस्टलाई एक्सेप्ट गर्छ भनेर । ममा खुशिको सिमा रहेन । म केहि समय अविश्वाशको घेरामा नै बाधिएँ । एक त यो सब मलाई आशनै थिएन । त्यसमाथि पनि ४ दिनमै .......।
कल्पना गरेको मिठो काहानी जस्तो पनि लाग्थ्यो घरि घरि । अब हरेक पल उस्लाई अनलाईनमा देख्न थालेँ मनले बारम्बार दवाब दिँदा पनि उस्लाई म्यासेस गर्ने उर्जाशक्ति नै थिएन म मा । साँच्चै एउटा संयोग भनौ पहिलो म्यासेज उस्लेनै ग¥यो ।
‘hi miss=
म केहि समय फेरी अन्योलमा गुज्रिरहेँ । आश्चर्य भएँ । सोच्दैनसोचेको समय जो चलिराथ्यो मेरो समिप बाट रिप्लाई त जरुर हुनुपर्ने थियो । आँखाले म्यासेज देख्दादेख्दै पनि खुलेर पत्याउन गाहृो भयो । मैले रिप्लाई गरे
hajur
k xa khabar ?
thikai xa ani hajur ko ?
thikai vanau….
यस्तै यस्तै च्याट हँुदै गयो । आफ्नो आफ्नो कार्य अनि कार्यलयको, फेमिलि रिलेटिभ सबै सबैको कुरा भयो च्याट बाटै । घण्टौ सम्म च्याट हुन थाल्यो । रमाईला गफगाफ हुदै थिए । त्यतिकैमा उस्ले आफ्नो मोबाईल नम्बर दिदै कल गर्न आग्रह समेत ग¥यो । मैले पनि उस्लाई कल गरेँ । त्यसपछि हामिबीच निशंकोच कुरा हुन थाले ।
उ नेपालको राजधानि मा बस्थ्यो । मेरो स्वर्णिम अवसर भन्नुपर्छ, म आफ्नो पार्टीको कामले काठमाण्डौँ जानुपर्ने भयो । यो कुरा पनि मैले उस्लाई सुनाएँ । ममा जति हर्ष थियो, सायद उसमा पनि हुनुपर्छ । उस्ले म काठमाण्डौँ आउने दिन गन्न थाल्यो । समय बिते संगसंगै उस्को र मेरो सम्बन्ध प्रेम मा परिणत भैदियो । सायद हामी दुवैको चाहना थियो यो त्यसैले त सम्बन्ध बनिरहृयो । काठमाण्डौँ गएपछि ऊ संगै बस्ने निश्चित भयो । अब त सपनाका छालहरु छल्किरहे भएभरको बाँधलाई फूटाएर । दुवैका दिनहरु लम्बिन थाले प्रतिक्षामा ।
उ नेपालको राजधानि मा बस्थ्यो । मेरो स्वर्णिम अवसर भन्नुपर्छ, म आफ्नो पार्टीको कामले काठमाण्डौँ जानुपर्ने भयो । यो कुरा पनि मैले उस्लाई सुनाएँ । ममा जति हर्ष थियो, सायद उसमा पनि हुनुपर्छ । उस्ले म काठमाण्डौँ आउने दिन गन्न थाल्यो । समय बिते संगसंगै उस्को र मेरो सम्बन्ध प्रेम मा परिणत भैदियो । सायद हामी दुवैको चाहना थियो यो त्यसैले त सम्बन्ध बनिरहृयो । काठमाण्डौँ गएपछि ऊ संगै बस्ने निश्चित भयो । अब त सपनाका छालहरु छल्किरहे भएभरको बाँधलाई फूटाएर । दुवैका दिनहरु लम्बिन थाले प्रतिक्षामा ।
काठमाण्डौँ पुग्ने वित्तिकै कल गरेँ उस्लाई । ऊ मलाई लिन कलंकी मै आयो । यो हाम्रो फस्ट डेट थियो । उस्लाई देख्ने वित्तिकै कता कता डर लागेर आयो । म एक्कासी डिप्रेसनमा पुगेँ । उस्को बस्तिमा पुगेपछि म आफ्ना सबै चाहनालाई मारेर उस्कै खुशिमा चल्न लागेँ । म ऊसंगै बसे काठमाण्डौँमा । मेरो ४ दिनको काम थियो, त्यो ४ दिन मैले ऊसंगै बिताएँ । शायद जीन्दगीको स्वर्णिम पल नै त्यहि हो हामी निकै निकट भै सकेका थियौँ । ..... जे भयो दुवैको सहमति मा भयो शायद त्यो हाम्रो भूल होईन ।
पवित्र प्रेमको विश्वास थियो ऊ संगै हुँदाको पल लााई स्मरणमा रहने गरी यादगार बनाउन चाहन्थेँ । समय वित्दै गयो, ४ दिन पनि मलाई १ निमेषमै विलिन भएजस्तो लाग्यो । काम सकिएपछि आफ्नै कार्यक्षेत्रमा फर्किनु पर्ने कस्तो नमिठो बाध्यता मनलाई दबाब दिदै आँखाबाट हुनसक्ने बर्षा लाई बाँध लगाएर ऊ बाट छुट्टिएँ ।
समयको खेल समयले एक्कासी कोल्टे फे¥यो । यसरी पनि विलिन भैदिदा रहेछन्, खुशिहरु संसारकै भाग्यमानि जस्लाई खुशिको कमि थिएन । हुनत सुरुको प्रस्तुति जस्तो भयो अन्त्य पनि त्यस्तै हुन्छ । पहिले खुशिहरु सप्राइज भएर आएका आएका थिए । जाँदा पनि त्यसरी नै गए । म सप्राईज मन नपराउने मान्छे। खुशिले अकस्मात साथ दिदा प्रेम भएको थियो । सप्राइजसँग आज त्यहि प्रेम घातक भैदियो । मैले उस्लाई बारम्बार सम्झाउने प्रयास गरेँ । तर प्रयास मै सिमित हुनुप¥यो मलाई ।
मैले उस्को क्यापिसिटी संग प्रेम गरेकी थिइन । ऊ प्रोफेस्नल छ भनेर पनि होईन, तर उस्ले मेरो भावनालाई बुझ्नै चाहेन । मान्छेले चित्त बुझ्ने कुरामा छिटो विश्वा गर्छ । भलै, त्यो बनावटी किन नहोस्, तर मन नपर्ने प्रशंगलाई रियालिटी भएपनि पत्याउन सक्दैन । अझ भनौँ, पत्याउनै चाहँदैन, म पनि त्यस्तै परिवेशमा हुर्किएकी । नियम बाहिर जानै चाहिन । उसका हरेक विचारमा सहमती जानाउथेँ । उस्लाई दुखी देख्न सक्ने सामर्थ नहुँदा उस्का प्रत्येक आग्रहलाई मान्ने गर्थे ।
तर पनि खै किन सकेन आफ्नो प्रेमको जिम्मेवारी म माथि थमाउन ? के म उस्को पे्रमलाई आफ्नो समिपमा राख्न योग्य थिइन ? म आफैले प्रशंग उठाएर सहज गरिदिदा पनि उस्ले म प्रतिको भावनालाई पोजेटिभ देखाएको थियो । अनि कसरी नभनौँ त्यो झुटो आश्वासन थियो मेरो चोखो प्रेमको अघि ?
अनौठो खेल खेल्यो म संग तिम्रो शहर ले
पोल्छ मुटु , सम्झिदा त्यो प्रहर ले
समयले त कोल्टे फेरीसक्यो, अब कोल्टे फेर्ने पालो थियो मेरो जिन्दगिको । मानिसको भरोशा लाग्नै छाड्यो ऊ संगको विछोड पछि मैले त्यो बस्ती, मेरो प्यारो जिल्ला जहाँ म हुर्किएँ । अनि परिवार आफन्त सबैबाट टाढिएँ । आफ्नो भन्नेहरु कोहि संग सम्बन्ध राखिन, रमाउन थाले प्रकिृतीको प्रेमसँग ।
मानिसको प्रेम भन्दा धेरै माथि थियो प्रकृतिको प्रेम, जहाँ स्वार्थिको लागि कुनै स्थान थिएन । लाग्न थालेको छ, सबैको नाटकीय माँया पाएको भन्ने मेरो त्यो १९ बर्षको लामो समय भन्दा प्रकृतीसँगको १ निमेष मनमोहक अनि प्रेमिल छ । आज म त्यहि प्रकृतीको पे्रमिल १ निमेष को लागि लालाहित भएकी छु ।



